ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लाईन जोड्न गएका प्राविधिक राप्तीनदीमा बेपत्ता, कुसुम राप्तीपारीका गाउँ अन्धकार

लुम्बिनी दर्पण २०७९ आश्विन २९, शनिबार २३:२२
[sharethis-inline-buttons]

लुदस (बाँके)२९ असोज

बाँकेको राप्तीसोनारी गाउँपालिकामा विद्युत लाईन जडान गर्न पुगेका एक जना प्राविधिक बेपत्ता भएकाछन् । बिद्युत सेवा सुचारु गर्न तार तान्ने क्रममा राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ कुसुमस्थित जरुवा–भम्का घाटमा डुंगा पल्टिदाँ प्राविधिक राजाराम चौधरी बेपत्ता भएका हुन् ।

बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर–५ निवासी अन्दाजी २४–२५ वर्षका राजाराम चौधरी शनिबार विहान बेपत्ता भएको ईलाका प्रहरी कार्यालय कुुसुमका ईन्चार्ज एवम् सई पुष्करराज जोशीले सेतोखरीलाई जानकारी दिए ।

राप्तीमा आएको बाढीले एक साताअघि वारीबाट पारितिर विस्तार गरिएको बिद्युत तार तथा पोलमा क्षति पुर्याएको थियो । उक्त बिद्युत लाईन मर्मतका लागि तार तान्न डुंगाबाट राप्तीपारी भम्का जाने क्रममा शनिबार बिहान साढे १० बजेतिर डुंगा पल्टिएको थियो ।

डुंगा पल्टिएर बेपत्ता भएका चौधरीको अवस्था शनिबार बेलुकासम्म अज्ञात रहेको ईलाका प्रहरी कार्यालय कुुसुमका ईन्चार्ज एवम् सई जोशीले बताए ।

डुंगामा सवार ६ जना प्राविधिक नदीमा डुबेपनि अन्य ५ जना भने बाँच्न सफल भएको उनले बताए । ‘नदीमा डुबेका ब्यक्तिको दिनभर खोजी गर्दा पनि कतै पत्ता लागेन,’ उनले  भने ।

 

डुंगा पल्टेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दिनभर नदी आसपासको डेढ–दुई किलोमिटरसम्मको क्षेत्रमा खोजी गरेको थियो । डुंगा पल्टिएको स्थानमा राप्ती नदीको बहाब तिब्र भएका कारण उनको खोजी कार्यमा कठिनाई उत्पन्न भएको सई जोशीले बताए ।

 

राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ का वडाअध्यक्ष एवम् कुसुम ग्रामीण सामुदायिक बिद्युत सहकारी संस्थाका अध्यक्ष यमबहादुर खड्काले नदीको सतह अझै नघटेको र बिद्युत तार तान्न डोरी बोकेर डुंगाबाट जाने क्रममा पल्टिएको बताए ।

 

‘पानीको सतह अझै घटेको छैन, एक हप्तादेखी राप्तीपारी अवरुद्ध रहेको बिद्युत सुचारु गर्न खोज्दा डुंगा पल्टियो,’ उनले भने ।

 

कुसुम राप्तीपारीका गाउँ अन्धकार, स्थानीय मोबाईल चार्ज गर्न अर्को गाउँ धाउँछन्

 

अविरल बर्षाका कारण बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ स्थित राप्तीपारी अवरुद्ध भएको बिद्युत सेवा अझै सुचारु हुन सकेको छैन । राप्ती नदीमा यही असोज २१ गते आएको ठुलो बाढीले ठाउँ–ठाउँमा पोल र तार टुटेका कारण सेवा सुचारु गर्न कठिनाई भएको हो ।

 

कुसुम ग्रामीण बिद्युत सहकारी संस्थाका अध्यक्ष समेत रहेका राप्तीसोनारी–१ का वडाअध्यक्ष यमबहादुर खड्काले राप्तीको बाढीले करिव ४२ वटा पोल र झण्डै २ किलोमिटर बराबरको तारमा क्षति पुर्याएकाले मर्मत गर्न समस्या भइरहेको बताए ।

 

‘राप्तीवारीबाट पारीतिर करिव ६ ठाउँमा बत्तीको तार क्रस भएको छ, एक ठाउँमा करिव ३ देखी साढे ३ सय मिटर जति राप्ती नदीको एरिया छ,’ उनले अगाडी थपे ‘नदीको सतह अझै नघटेको हुँदा मर्मतको काम थाल्न जोखिम देखिन्छ ।’ तर, केही ठाउँमा मर्मतको काम चलिरहेको अध्यक्ष खड्काले बताए ।

 

बाढीले करिव १५ लाख रुपैयाँ बराबरको क्षति गरेको अनुमान गरेका उनले बिद्युत सेवा सुचारु नहुँदा कुसुमस्थित राप्तीपारीका गाउँहरु अन्धकार भएको बताए । सेवा सुचारु हुन अझै एक हप्ता जति समय लाग्ने र तिहार अगाडी जसरी पनि बत्ती बाल्ने योजनामा आफुहरु रहेको अध्यक्ष खड्काले बताएका छन् ।

राप्तीसोनारी–१ खोकरीका स्थानीय युवा कृष्ण चौधरीले बिद्युत सेवा नहुँदा मोबाईल फोन चार्ज गर्न अर्को गाउँमा पुग्नुपर्ने बाध्यता रहेको बताए ।

‘बिगतका दिनमा मट्टीतेलबाट बालिने टुक्कीहरु अहिले बालेर गुजारा गर्न बाध्य भएका छौं,’ उनले भने ‘बिद्युतको कार्यालयमा सम्पर्क गर्दा जिम्मेवार ब्यक्तिहरु बाटै कतिपयले तार झरी सक्यो भन्नुभयो भने कतिपय ब्यक्तिहरुले अझै तार नआएको बताउनु भयो, त्यसैले सत्यतथ्य बोलियोस् र कामप्रति पूर्ण बफादार भई लाग्न हार्दिक अनुरोध गर्दछु ।’

सोही गाउँका अर्का युवा ईन्द्र ओलीले बिद्युत सेवा सुचारु गर्न ढिलासुस्ती भइरहेको गुनासो गरे । ‘हाम्रो खोकरीमा बत्ती सुचारु गर्न त्यति ठुलो समस्या नै छैन, लौकीदेखी हाम्रो गाउँ वारीतिर तार तान्नलाई कुनै गाह्रो छैन, प्राविधिक मात्रै पठाईदेउ, हामी श्रमदान गर्छौ भन्दा पनि बिद्युतका पदाधिकारीले सुनेनन्,’ ओलीले भने ।

पोल र तार क्रस गर्ने राप्ती नदीको वारी र पारी बलियो संरचना नबनाउँदासम्म पटक–पटक यस्ता समस्या दोहोरिरहने उनले सुनाए ।

गाउँमा बिद्युत सेवा नहुँदा सबै कामहरु ठप्प भएको ओलीले बताए । नेपाल बिद्युत प्राधिकरणले ‘बुटवल–कोहलपुर दोस्रो सर्किट आयोजना’ अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुममा निर्माण गरेको सव–स्टेशनमार्फत उक्त गाउँमा ग्रामीण बिद्युत सेवा दिइएको छ ।


प्रकाशित : २०७९ आश्विन २९, शनिबार २३:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!
  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
प्रतिक्रिया

यो पनि पढौँ

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech