डेंगुको प्रकोप बढ्यो,बाणगंगा नगरभरि नियन्त्रण अभियानको शुरुवात

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

मोहन बेल्वासे
कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका सवै वडाहरुमा आज डेंगु निरन्त्रण अभियान संचालन गरिएको छ ।

वडा भित्र रहेका सवै स्वास्थ्य संस्थाबाट वडा वडामा डेंगु संक्रमित खतराका उपाय तथा बच्ने उपायका बारेमा जानकारी गराउदै टोल टोलमा जनचेतना सहित संभावित स्थलहरुमा रहेका टायर, पानी जम्ने स्थान , ड्रमहरु सरसफाई सहित र्याली निकालिएको हो । वडा नं ६ मा आयोजित कार्यक्रममा बोल्दै नगर कि उपप्रमुख रिता चौधरीले यसवर्ष कपिलवस्तुमै बाणगंगा डेंगुको उच्च जोखिममा रहेको बताउदै बढदो शहरीकरण र सफा वातावरणमा डेंगु बढ्ेको बताईन् ।

उनले मानिसको चाप जस्तै डेंगुको लामखुट्टे ले पनी ग्रामिण भेगभन्दा शहर नै रुचाउने गरेको बताईन् । खाँसगरि नगरमा उच्च चाप रहेको बाणगंगा १, २,४, ७ र ८ मा बढी प्रकोप भेटिएको उनको भनाई छ ।

यता बाणगंगा ५ कोपवा मा पनी स्वास्थ्य चौकीमा कार्यक्रम पछी कोपवा बजारमा र्याली सहित संभावित स्थलहरुको निरिक्षण गरिएको थियो । बाणगंगामा आयोजित वडा अभियानमा वडा नं ४ मा नगर प्रमुख चक्रपाणी खनाल ५रू६ मा उप प्रमुख रिता थारु , १०रू११ मा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषाल र स्वास्थ्य ईन्चार्ज ठगराज भुषाल , ८ मा सुचना अधिकारी केशवराज भट्राई ,वडा नं ७ मा लेखा अधिकृत केशव गैरे , वडा २ मा खिम बहादुर जि.सि. लगाएतको जिम्मेवारी तोकिएको बताईएको छ । अभियान ५ दिन सम्म चल्ने र हालसम्म जिल्लामा १२३ जना संत्र,मित भएको र जसमध्ये ६३ जना सक्रिय संत्र,मित रहेको स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिएका छन् । कार्यक्रममा वडाध्यक्ष सदस्यहरु,हरेका वडामा टोल विकास संस्थाका पदाधिकारीहरु , संचारकर्मी , सुरक्षा निकाय महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७९ आश्विन ३०, आईतवार १५:२२