जनप्रिय सामुदायीक बव भलुहीमा उद्घोषण तालीम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम

जनप्रिय सामुदायीक बन उपभोक्ता समुह देवदह ९ र १० भलुहीको आयोजनामा ९दिने उद्घोषण तालीम सम्पन्न भएको छ ।
जनप्रिय सामुदायीक बनका अध्यक्ष रुका साकोताकोे अध्यक्षता तथा बन निर्देशनालय लुम्बिनी प्रदेशका प्रमुख बोधराज सुबेदीको प्रमुख आतिथ्यतमा तालिम सम्पन्न भएको हो । तालिम समापनका अवसरमा बोल्दै प्रमुख बोधराज सुबेदीले तालिममा सिकेका कुरा ब्यवाहारमा उत्तार्न आग्रह गर्नु भयो ।
उहांले यो समय बोल्न सक्नेहरुको भएको भन्दै यस्ता तालीमबाट परिबर्तन सम्भव रहेकोे बताउनु भयो । सुबेदीले तालीम पछी पनि निरन्तर अभ्यास गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख प्रताभ सापकोटाले तालीमको उदेश्य पाप्त भएको भन्दै अब परिक्षाको घडि सुरु भएको बताउनु भयो ।


कार्यकममा गाउं बन समन्वय संन्जाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारीले तालीम लिनु मात्र ठुलो कुरा नभएको भन्दै काम गरेर देखाउन आग्रह गनु भयो । संस्थाका सल्लाहकार संयोजक ॠषिराम सापकोटाले समाज परिबर्तनका तालिम फलदायी भएको बताउनु भयो ।
तालीम समापनका अवशरमा प्रशिक्षार्थिका तर्फ बाट चाहाना नेपाली, बबिता थापा, तथा चन्दा थारुले मन्तब्य राख्नू भएको थियो ।
जनप्रिय सामुदायीक बन उपभोक्ता समुहको कार्यालय देवदह भलुहीमा सुरु भएको कार्यक्रम बनका उपाध्यक्ष टेक बहादुर बि.क स्वागत तथा सहसचिव मालिका थापा सन्चालनमा भएको थियो ।
लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजिकरण तथा यमुना जि.सी चौधरीको सहयोगमा सम्पन्न तालिममा सो क्षेत्रका २३ जनाको सहभागीता रहेको थियो


प्रकाशित : २०७९ कार्तिक १, मंगलवार १६:२२