ताजा अपडेट

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सत्ता गठबन्धनको अपिल साझा, घोषणापत्र अलग

लुम्बिनी दर्पण २०७९ कार्तिक १, मंगलवार १७:४०
[sharethis-inline-buttons]

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।

सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट एक÷एक जना सदस्य रहने गरी समिति बनाएको छ । यस्तै, चारै दलले आ–आफ्नै घोषणापत्रसमेत तयार गर्दै छन् ।

साझा अपिल बनाउन समितिमा नेपाली कांग्रेसबाट प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन् ।

समितिमा सत्ताको नेतृत्व गरेको दल कांग्रेसबाट जिम्मेवारी पाएका महतले निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलको साझा अपिल तयार हुँदै गरेको जानकारी दिनुभयो ।

‘हामी साझा अपिल तयार गर्दै छौं, संविधानको रक्षा, स्थायीत्व, विकास र समृद्धिका विषय साझा अपिलमा रहनेछन्, घोषणापत्र भने हाम्रो आआफ्नै बन्छन्,’ कांग्रेस प्रवक्तासमेत रहेका महतले भन्नुभयो।

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणापत्र तयार गरिरहेको छ । समितिमा कांग्रेस पदाधिकारी र केही केन्द्रीय सदस्य तथा अन्य विषय विज्ञसमेत छन् । कांग्रेसले सबै वर्ग, समुदाय, उमेर समूह र भूगोलको विविधतालाई केन्द्रमा राख्ने भन्दै घोषणापत्रका लागि देशभरबाट सुझाव लिएको थियो ।

कांग्रेसको घोषणापत्र तयार समितिका एक सदस्यका अनुसार कांग्रेसले घोषणापत्रमा सत्ता र प्रतिपक्षमा रहँदा एकै धारणा रहनेगरी राष्ट्रियता, राष्ट्रिय सुरक्षा र विदेश नीतिलाई प्राथमिकतामा राखेर मस्यौदा तयार पारेको छ । यसैगरी विगतमा भएका कमजोरी र आगामी नीतिलाई घोषणापत्रमा राखेको छ ।

यसैगरी, कांग्रेसले घोषणापत्रमा विगतमा प्रतिनिधिसभा विघटन भएको विषय र संविधानको कार्यान्वयनका विषयलाई पनि उठाउँदै छ भने आर्थिक समृद्धि घोषणापत्रमा कांग्रेसले प्राथमिकतामा राख्दै छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले पार्टीको घोषणापत्रको मस्यौदामाथि थप गर्नुपर्ने विषयमा राय लिएको छ ।

यसैगरी, माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र बनाउँदै छ । उसले पछिल्ला परिवर्तनपछिको उपलब्धि र संविधानको रक्षा, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनतालाई घोषणापत्रमा अघि सार्दै छ ।

यसैगरी, समानुपातिक समावेशी, संघीयताको व्यावहारिक कार्यान्वयनलाई माओवादी केन्द्रले घोषणापत्रमा समेट्दै छ भने सामाजिक आर्थिक रूपान्तरणलाई पनि सो दलले घोषणापत्रमा राख्दै छ । यसैगरी घोषणापत्रमा कुनै पनि वहानामा संसद् विघटन नगर्ने प्रतिबद्धता व्यक्त गरिने भएको छ ।

गठबन्धनको अर्को घटक एकीकृत समाजवादीले उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा घोषणापत्र बनाउँदै छ । सो दलले निर्वाचनका लागि ‘जनताको सुख, शान्ति र समृद्धिको सरोकार ः लोकतन्त्रको स्थिरता र विकास समाजवादको आधार’ नारा दिएर घोषणापत्र तयार गरिरहेको छ ।

सत्ता गठबन्धन आबद्ध अर्को दल राष्ट्रिय जनमोर्चाले मनोज भट्टको नेतृत्वमा घोषणापत्र बनाउँदै छ ।अन्य दलले संघियतालाई समर्थन गरपछी शुरुवाती देखिनै संघियताको विरुद्ध रहेको जनमोर्चाले यसमा विमती जनाएको हो ।


प्रकाशित : २०७९ कार्तिक १, मंगलवार १७:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

भर्खरै

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech