प्रकाश गौतम
परिचित बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा १ दिने सम्पती सुद्धिकरण सम्बन्धी अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार यादव अर्यालले सहकारीले ब्यवाहारीक हिसावले लगानी गनुपर्ने हुनाले सहकारी यी बिषयमा सचेत रहनु पर्ने बताउनु भयो ।
अभिमुखी करण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रशिक्षक नेप्स्कुन फील्ड कार्यालय बुटवलका अधिकृत मनोज खड्काले बर्तमान अबस्थामा सम्पती सुद्धिकरण भनेको के हो , सहकारीमा यसलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
संस्थाका सन्चालक तथा बिभिन्न उपसमितिका संयोजक तथा सदस्य र कर्मचारीको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष चित्र बोहोराको अध्यक्षता तथा सचिव रामु कंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।