ब्रेकिड्ड न्युज ः सशस्त्रको वान टन मिनि ट्रक दुर्घटना ७ घाईते , चालकको ज्यान गयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जितपुर
निर्वाचन कार्यालयको गजेहडाबाट कार्यालयबाट फर्कदै गरेको सशस्त्र प्रहरी सवार ना १ क ५५४ वान टन गाडी भर्खरै बाणगंगाबाट तौलिहवातर्फ जादै गर्दा दुर्घटनामा परेको छ ।

सो वान टन अनियन्त्रित भई दुर्घटना हुदा सशस्त्र का ७ जना घाईते भएको जनाईएको छ ।
घाईतेहरुको ४ नं स्थित सामुदायिक अस्पतालमा उपचार भैरहेको र थप विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु के.सी ले बताए ।

चालकको लार्पवाहिका कारण दुर्घटना भएको स्थानियले बताएको छन् ।


प्रकाशित : २०७९ कार्तिक ४, शुक्रबार २१:०३