
ल’दस, जितपुर
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३ सिउटीमा शुक्रबार साँझ भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा परि स्थानिय सहित चालकको ज्यान गएको छ । त्यस्तै करिव आघा दर्जन घाईते भएको छन् ।
तीव्र गतिमा गुडिरहेको सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को मिनि ट्रक अनियन्त्रित हुँदै साइकलमा सवारयात्रीलाई ठक्कर दिदैं दुर्घटनाग्रस्त भएको जनाईएको छ । सिउटीमा भएको सशस्त्रको वान टन ट्रक दुर्घटनामा चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानिय साइकलयात्री अमर तङनामीको मृत्यु भएको छ ।
यस्तै दुर्घटनामा स्थानीय सागर पाण्डे, राजु चौधरी र कुल बहादुर घर्ती गम्भीर घाइते भएका छन् । यी तिनै जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
दुर्घटनामा घाइते भएका सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी, प्रेम मल्लको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अन्य घाईतेहरुलाई पनी बुटवल रिफर गर्ने अस्पतालले जनाएको छ । स्थानियको समेत ज्यान जानेगरि लार्पवाहिका कारण दुर्घटना भएको र वान टनमा मदिरा भेटिएको ले मदिरा सेवनका कारण लार्पवाहि भएको हुन सक्ने भन्दै स्थानियले केहीवेर अस्पताल र सिउटि सड्कमा प्रर्दशन गरेका थिए ।

