जनता हाम्रो भगवान् हुन, झुटो आश्वासन नदिऊ ः पुर्व राज्यमन्त्री रज्जाक

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल,कार्तिक ५

 पूर्व सिचाई राज्य मन्त्री अब्दुल रज्जाकले राजीतिक दलहरुले जनतालाई झुट ढाट्ने काम बन्द गर्नुपर्ने बताएका छन् ; उनले जनतालाई विश्वासमा लिएर काम एमालेका नेताहरू ठाउँ ठाउँमा झुट बोल्ने गरेको आरोप लगाए । रुपन्देही जिल्ला क्षेत्र नं १ ख प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत रहेका रज्जाकले आज दीपावली तथा छठ पर्वको अवसरमा नेपाली काँग्रेस रोहिणी गाउँपालिका द्धरा आयोजित कार्यक्रमका बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।रुपन्देही क्षेत्र नं १ का सांसद तथा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा त्यसमा झन् माहिर रहेको बताउँदै रोहिणी गाउँपालिका क्षेत्रमा विकास निर्माणका कुनै पनी कार्यहरू नगरेको र जनतालाई झुटो आश्वासन दिएको बताए । उनले झुट बोल्न काम बाहेक विश्वकर्माले अरू नगरेको बताए । उनले प्रतिनिधिको जनता प्रती भ्रमको खेती नगर्न आग्रह गरे। आफूहरूले लोकतन्त्रको रक्षाका लागि र शिक्षा स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताहरूको परिपूर्तिलाई मध्य नजर गर्दै योजना निर्माण गरिने बताए। झुटो आश्वासन दिएर मत माग्न आउनेबाट सतर्क रहन जनतालाई आग्रह गरेका छन् ।


प्रकाशित : २०७९ कार्तिक ५, शनिबार २२:०८