रुपन्देहीका ९ जना पत्रकार पुरस्कृत

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

७ कात्तिक, बुटवल ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न संस्थासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कारबाट ९ जना पत्रकार पुरस्कृत भएका छन् ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापित ५० हजार रुपैयाँ नगद राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार यानेन्द्र जीसी, रामप्रसाद आचार्य र रेखा भुसाल पुरस्कृत भएका छन् ।उनीहरुले क्रमशः २०७५,२०७६ र २०७७ सालको पुरस्कार पाएका हुन् । यस्तै बुटवल पब्लिक स्कुलको सहकार्यमा स्थापित १० हजार राशीको शिक्षा पत्रकारितता पुरस्कारबाट कपिल ज्ञवाली, चन्द्रकान्त खनाल र पूजा पन्थी पुरस्कृत भएका छन् ।

यस्तै सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा स्थापित ५ हजार राशीको सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेलले प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभाका अवसरमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र जिल्ला अध्यक्ष रामराज पोखरेलले उनीहरुलाई पुरस्कार प्रदान गरेका छन् ।


प्रकाशित : २०७९ कार्तिक ६, आईतवार १५:०२