
लुदस, जितपुर
कपिलवस्तुको बाणगंगा ११ हथौसामा रहेको हथौसा सामुदायिक वनमा पुन श्याम गुप्ताको नेतृत्वमा १५ सदस्य नयाँ समिति चयन भएको छ ।
वनको सातौ अधिवेशनबाट उपाध्यक्षमा उत्तम बहादुर कुवंर सचिवमा खुमा शर्मा वाग्ले , कोषाध्यक्षमा दामोदर पंगेनी, सहसचिवमा कमल प्रसाद घिमिरे, सदस्यहरुमा सोमनी थारु ,शुशिला मगर, जमुना देवी पंन्त लगाएत चयन भएका हुन् ।
केही दिन अघि सम्पन्न अधिवेशन ले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको भएतापनी गुप्ता अध्यक्ष दोहोरिएपछी आज सहमती जुटेको हो । सामुदायिक वनको प्रर्वद्धनमा गुप्ता नेतृत्वले उल्लेख्य काम गर्न सफल भएको उपभोक्ताहरुको भनाई छ ।
त्यसैगरि अधिवेशनले ५ सदस्य लेखा समिति चयन गरेको छ । जसको संयोजकमा रविन्द्र पौडेल, सदस्यहरुमा हुमा घिमिरे, गणेश अधिकारी, सिराज अहम्मद, तुल्सा अधिकारी चयन भएका हुन् ।