
लुदस, जितपुर
कपिलवस्तुमा लगातर सांसद बनेका नेताहरु फेरी दोहोरिएर चुनावी मैदानमा आएपछि मतदाताहरु विच अनौपचारीक छलफल सुरु भएको छ ।
जिल्लाका तीन क्षेत्रमा लगातर उम्मेदार बनेका नेताहरु दल परिर्वन गर्दै मैदानमा उत्रिएपछी अहिले यी नेताहरुको वर्चश्व जोगिएला कि गुम्ला भन्ने चर्चा परिचर्चा पनि राजनीतिक वृत्तमा निकै रहेको छ ।
२०७४ सालको निर्वाचनमा एमालेको समर्थनमा १ नम्बर क्षेत्रबाट माओवादीका चक्रपाणी खनाल ‘बलदेव’२ नम्बर क्षेत्रबाट तत्कालीन स्वतन्त्र (हाल एमाले) वृजेश गुप्ता र ३ नम्बर क्षेत्रबाट कांग्रेसका अभिषेक प्रताप शाह निर्वाचित भएका थिए ।
उनीहरु मध्ये खनाल बाहेक गुप्ता र शाह लगातार दुई दशकदेखी सांसद बनेका नेताहरु हुन् । उनीहरुले बेला बेला पार्टी परिवर्तन गरी सांसद बनेपनि अहिले जनताले पुरानालाई भोट दिन्छन् कि नयाँ उम्मेदवारको खोजी गर्दछन् । भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ ।
किनकी गुप्ता र शाहले आफ्नो क्षेत्रको विकासको लागि खाँस महत्पुणर् योगदान के गरे भन्नेमा गहन रुपमा छलफल चलेको स्थानीय मतदाता नरेश चौधरीले बताए ।
हुन पनि चौधरीले भने जस्तो गुप्ता र शाह बेला बेला पार्टी परिर्वतन गरेर निर्वाचन जित्दै आएका नेता हुन् । भने बलदेव माओवादी नेता भएपनि प्रत्येक निर्वाचनमा फरक फरक दलसँग तालमेल गरेर मैदान गएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत कपिलवस्तु-१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबिच चुनावी भिडन्त हुने देखिन्छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वमन्त्रीसमेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यतः प्रतिस्पर्धा हुने देखिएको हो ।
तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा ‘हेविवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम चुनावी मैदानमा छन् । कपिलवस्तु-१ मा दुवैतर्फका यी उम्मेदवार जिल्लामा पाका एवं हक्की नेताका रूपमासमेत परिचित छन् ।
मंसिर ४ को आम निर्वाचनमा आमन-सामने भिडन्तका लागि तत्पर बलदेव र बलराम विगतको निर्वाचनमा साझेदार सहकर्मीका रूपमा रहेका थिए ।
माओवादीका स्थायी कमिटी सदस्य खनाल तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर हुन् । माओवादी अध्यक्ष प्रचण्डको अतिविश्वास पात्र भएकाले फेरी सोही क्षेत्रमा उम्मेदार बन्ने अवसर पाएका हुन् । उनि निर्वाचित भए मन्त्री हुने र विगतका अनुभवबाट जनतामा जादाँ पाएका सुझावका आधारमा आगामी दिनमा नयाँ शैलीबाट काम गर्ने अपेक्षा गरिएको छ ।
०७४ सालमा एमालेकै समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका बलदेवले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए । उक्त निर्वाचनमा कांग्रेसका उम्मेद्वार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए । ०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका बलदेव र उपाध्याय अहिले वाम लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा सत्ता साझेदारका रूपमा रहेका छन्।
गत वैशाखमा मात्रै भएको स्थानीय तहको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा ३० वडाध्यक्षहरूको मतलाई आधार मान्दा सत्ता गठबन्धन नै अघि रहेको छ ।
कांग्रेसका वडाध्यक्षहरूले २८ हजार २ सय ७१ ल्याएका थिए । एमालेका वडाध्यक्षले २६ हजार ८ सय २३ रहेको छ । त्यस्तै, जसपाको १३ हजार ५सय १०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४ सय २४, राप्रपाको २ हजार ४८० रहेको छ ।
हाल कायम रहेको वाम लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारको अगाडी रहेका छन् । कपिलवस्तु-१ मा कुल मतदाता एकलाख ४१ हजार १३ रहेका छन् ।
०७० मा पहिलोपटक कपिलवस्तु-१ मा एमालेको झण्डा गाडेका अधिकारीलाई यसपटक सत्ता गठबन्धनको सामना गर्नुपर्ने भएको छ । विभाजनका बेला एमालेतिरै बसेका पुर्व माओवादी नेता कार्यक्रताको मत र परिचालनले अधिकारीका लागि थप मदत पुग्ने देखिन्छ भने गठबन्धन सहयात्री दल जसपाको १ नं क्षेत्रमा प्रतिनिधि क्षेत्रमा उमेद्वार नहुदाँ अझै पर्ख र हेरको स्थिति रहेको छ । जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले आफुहरु प्रतिनिधि सभा उमेद्वार कसलाई समर्थन गर्ने भन्ने विषयमा अझै अनिणर्ित भएको र अन्तत विचार मिल्ने संग सहकार्य हुने बताए यस संकेतले पनी जसपाको मत अधिकारीले पाउने अनुमान गरिएको छ । ०७४ को चुनावी मैदान उत्रने तीव्र इच्छा राखेका अधिकारीले अहिलेका प्रतिस्पर्धी बलदेवलाई सहयोग गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रमुख राजनीतिक सल्लाहकारसमेत भइसकेका बलदेव २०७४ मा कपिलवस्तु १ बाट निर्वाचित भई कृषिमन्त्री भए । उनको कार्यकाल छोटो भए पनि मुख्य गरी जमिन र कृषिमा नीति निर्माणमा काम गरी जमिनको व्यवस्थापन ४ प्रकारबाट गर्ने कार्य आरम्भ गरेको बताउदै आएका छन् ।
कपिलवस्तु-१ मा बाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका उम्मेद्वार अधिकारी पुनः दोस्रोपटक निर्वाचित हुनेमा विश्वस्त देखिन्छन्।
क्षेत्र नम्बर १ मा जिल्लाको मायादेवी, शुद्धोधन र कपिलवस्तु नगरपालिकाका आंशिक क्षेत्रहरू समेटिएका कारण दक्षिणी सीमावर्ती क्षेत्रमा बलरामको उपस्थिति कम देखिन्छ, यद्यपि एमाले पार्टीको प्रभाव भने हाल आएर फैलिएको छ ।
उता, कांग्रेसले क्षेत्र नम्बर १ को १ मा प्रदेश सदस्यमा डोलकराम घिमिरे, १ को २ मा सहसराम यादवलाई उम्मेदवार बनाएको छ ।
२०७४ सालमा यादव यही क्षेत्रबाट चुनाव जितेका थिए भने घिमिरे समाजसेवामा तल्लिन नेताका रूपमा परिचित छन्। उनले शिक्षा स्वास्थ्य रोजगारी र लागुऔषध न्युनिकरणमा निति तहमै परिवर्तन ल्याउने बताउदै आएका छन् । उता, एमालेले क्षेत्र नम्बर १ को १ मा चर्चित युवा नेता बिष्णु पन्थी र १ को २ मा मधुसूदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ । पन्थी २०७४ को निर्वाचनमा जित हासिल गरेका थिए । उनि युवा माझ लोकप्रिय भएको बताईएको छ । उनले देशको अर्थतन्त्र संगै कपिलवस्तुमा विकासको मेरुदण्ड स्थापित गर्न बाँकी रहेका योजना पुरा गर्ने बताउदै आएका छन् । त्यसो त स्वतन्त्र समुहहरु पनी आ आफ्नो नारा लिएर चुनावमा होमिएका छन् ।
कपिलवस्तुको २ नम्बर क्षेत्रमा एमालेबाट वृजेशकुमार गुप्ता चुनाव मैदानमा रहेका छन् । यसअघि २०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समूहमा रहेर पनि सूर्य चिह्न लिएर चुनाव लडेर जितेका उनी अहिले एमालेमा छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत १४ गते एमालेमा प्रवेश गराएका थिए ।
उनी कपिलवस्तुबाट लगातार ४ पटक जितेर जिल्लामा आफ्नो वर्चस्व जमाएका नेता हुन् । उनलाई अहिले सत्ता गठबन्धनवाट कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले चूनौती दिएका छन् । गत निर्वाचनमा पनि गुप्ता र आचार्यको प्रतिस्पर्धा हुदाँ झन्डै ४ हजार मतको अन्तरमा गुप्ता विजयी भएका थिए । गुप्ताले ३५ हजार १सय २७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार ५सय ६६ मत ल्याएका थिए । गुप्ताले २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर जिल्लामा एकछत्र दबदबा कायम राखेपछि मतदातहरु नयाँ टेस्ट लिने कि पुरानैको जाने भन्नेमा मतदाताहरु आ आफ्ना तर्फ र विश्वास रहेको स्थानीय लक्ष्मण थारुले बताए । विगतमा नेपाली कांग्रेसमा आफ्नै गुट उपगुटका कारण चुनाव हारेको भएतापनी हाल पाटीभित्र एक मन एकता र गठबन्धन शक्तिहरु समेत भएको हुदाँ आचार्यको जित सहज हुने बताईएको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वार्ड अध्यक्षहरु पाएको मतको आधारले नेपाली कांग्रेस अगाडि देखिन्छ । कपिलवस्तु २ मा कांग्रेस ३० हजार ९९८,एमाले २७ हजार २९८, जसपा ६ हजार ९०८, लोसपा ६ हजार ३८६, माओवादी ४ हजार ४५९, राप्रपा २०३५, एस ६९१ रहेको छ । उनलाई गठबन्धन दलहरुको समेत राम्रो साथ छ ।
कपिलवस्तुमा क्षेत्र नम्बर ३ मा लगातर निर्वाचन जित्ने नेता हुन् । अभिषेक प्रताप शाह रहेका छन् । उनलाई अहिले एमालेका मंगलप्रसाद गुप्ता विच मुख्य प्रतिस्पर्धा रहेको छ । त्यसो त गत निर्वाचमा पनि गुप्ता र शाह विच नै प्रतिस्पर्धा भएको थियो ।
२०७४ सालमा गुप्ता तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) वाट उम्मेदार बनेको थिए । २०६४ मा भने मंगल गुप्ता नेपाली कांग्रेसबाट शाह संगै प्रतिस्पर्धामा थिए । तत्कादिन समयमा शाह फोरमबाट चुनावी जितेका थिए । यस अगाडी २०७४ मा शाहले १९ हजार ८६४ मतका साथ विजयी हुँदा गुप्ताले १५ हजार ७९४ मत ल्याएका थिए । मंगल गुप्ताले आफ्नो क्षेत्रमा एमालेको संगठन राम्रो देखेर पार्टी प्रवेश गरेका हुन् । भने तुलानात्मक रुपमा जसपा भन्दा एमाले संगठन बलियो भएपनि यहाँ शाह र गुप्ता विच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । उनि २०६४ साल देखि नै अपराजित सांसद हुन् । हालै सम्पन्न स्थानीय तहमा वार्ड अध्यक्षहरु पाएको मतको आधारमा कपिलवस्तु ३ मा एमाले १८ हजार ७४७, कांग्रेस १५ हजार ७७०, जसपा ९ हजार ९७४, माओवादी ६ हजार ८४४, राप्रपा ६ हजार ७४, लोसपा ४ हजार ६७५, एस १ हजार ९८६ मत रहेको छ । यो समाचार लुम्बिनी दर्पण पत्रिकाको गत अंकमा प्रकाशित छ ।