लुदस, सालझण्डी
रुपन्देहीमा २ किशोरी माथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जना लाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कञ्चन गाउँपालिका-२ गोफ्लापुर स्थित बाटोमा मेला हेरेर फकदैँ गरेका १५ र १६ बर्षीय किशोरीलाई ११/१२ जनाले बुधबार राति अपहरण गरी जंगल तथा खोलाको किनारमाल लगी जवरजस्ती गरेका थिए ।
घटनाको खबर प्राप्त गर्ना साथ खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा १५ बर्षीय किशोरीलाई गैडहवा गाउँपालिका-८ स्थित देउराली सामुदायिक वनको जंगलमा लगी जवरजस्ती करणी गर्ने सैनामैना नगरपालिका १० का १८ वर्षका बबि पाण्डे, सोही ठाउँका २६ वर्षीय राम बहादुर बि.क लगायत ५ जना जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
यस्तै १६ बर्षीय किशोरीलाई गैडहवा गाउँपालिका-२ कुलिचौर स्थित कञ्चन खोलाको बगरमा लगी जवरजस्ती करणी गर्ने सैनामैना नगरपालिका-११ बनकट्टिकी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका ८ का १८ वर्षीय राहुल परियार लगायत ४ जनालाई पक्राउ गरेको प्रवक्ता अर्यालले बताए ।
बुधबार गाउँमा लागेका सांस्कृतिक कार्यक्रम हेरे फकर्ने क्रममा ती किशोरीहरुलाई १०/१२ जनाको समुहमा रहेका युवाको समूहले बलात्कार गरेका थिए । घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाको बयानका आधारमा घटनामा संलग्न सबैको पहिचान खुल्ने प्रहरी प्रवक्ता अर्यालले बताए ।




















