नगर स्तरीय निवन्ध लेखन प्रतियोगिताको उपाधी ज्ञानपुञ्जकी दिब्यालाई

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
बाणगंगा नगर स्तरीय आधारभुत तहको निवन्ध लेखन प्रतियोगिताको उपाधी ज्ञानपुञ्ज बोर्डिङ् स्कुलकी दिब्या गैरेले पाएकी छन् । गत भदौ २९ गते ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिकाले आयोजना गरेको नगर स्तरीय आधारभूत तहको निबन्ध लेखन प्रतियोगितामा ज्ञानपुन्ज बोर्डिङ स्कुल राजपुरमा कक्षा ८ मा अध्यनरत छात्रा दिब्या गैरेले प्रथम स्थान हासिल गर्न सफल भएको प्रिन्सिपल सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।

त्यस्तै हथौसा लिटिल स्टार बोर्डिङ स्कुलकी प्रतिक्षा शर्मा द्धितीय र जनता नमुना मावि पिपराकी ममता आचार्य तृतीय हुन सफल भएका छन् ।

ज्ञानपुन्जमा अध्ययनरत विद्यार्थी यस अघि पनि विभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय रुपमा सहभागिता जनाउदै उपाधी पाईरहेका छन् ।
किताबी ज्ञान मात्र नभई विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलाप सहभागी गराउदै आएकाले विद्यार्थीहरुको क्षमता विकास भएको प्रिन्सिपल पाण्डेले बताउनुभयो ।

प्रथम स्थानमा आउन सफल विद्यार्थी प्रति ज्ञानपुन्जका अध्यक्ष पदमलाल अधिकारी, प्रबन्ध निर्देशक रोमकान्त घिमिरे र प्रिन्सिपल पाण्डेले बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिनुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक १८, शुक्रबार ०७:३५