कपिलवस्तुमा चुनावी चर्चा, मन्त्री बन्ने र विकास गर्न सक्ने उम्मेदवार जिताए जिल्ला पछि नपर्ने तर्क

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु

आसन्न प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभामा मन्त्री बन्न सक्ने हैसियत राख्ने उमेद्वारलाई जिताए मात्र जिल्लाको विकास सम्भव हुने तर्क हुन थालेको छ । चिया चौतारामा हुने चुनावी गफ देखि बुद्धिजिवी वर्गमा कपिलवस्तुको विकासका लागि मन्त्री बन्ने हैसियतमा क्षेत्र नं १ का प्रतिनिधि सभा उमेद्वार चक्रपाणी खनाल बलदेव र दोलकराम घिमिरे दुवै रहेको हुदाँ जिल्ला लाई नै अवसर हुने चर्चा चलेको हो ।

खनाल माओवादी केन्द्र का अध्यक्ष प्रचण्डका निकटतम विश्वास पात्र रहेको र देशभर गठबन्धनकै लहर अनुसार सरकार उसैको बन्ने भएपछी कपिलवस्तुबाट जिते मन्त्री बन्नेमा ढुक्क रहेको पनी चर्चा छ । माओवादीमा केही नेताहरुले नेकपा विभाजन हुदाँ एमालेतिर लागेको र बलदेव पार्टी सचिव जस्तो नेतृत्वमा रहेका कारण पनी भनेजस्तो मन्त्रालय कपिलवस्तुले पाउने तर्क हुने गरेका छन् ।

यता प्रदेशसभामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः १ ‘क’ का उम्मेदवार डोलकराम घिमिरे पनी पार्टी नेतृत्व तहमा पहुँचवाला रहेको बताईएको छ । उनी देउवा निकट रहेको र हालका गृह मन्त्री बालकृष्ण खाँण का निकटतम विश्वासपात्र रहेका कारण पनी लुम्बिनी प्रदेशमा उनी बलिया दावेदार रहेको चर्चाको गरिन्छ । विगतमा लुम्बिनी प्रदेशको राजधानी कपिलवस्तु हुनुपर्ने अभियानको समेत उनले जिल्लाबाट नेतृत्व गरेका थिए ।
घिमिरेले आफैपनी संसदमा गएर तल बसेर हस्ताक्षर र ताली पिट्ने मात्र नभई मन्त्री बन्ने दावी गरेका हुन् ।
बढ्दो लागु औषध दुव्र्यशनीलाई रोक्न , कुलतमा फसेका र गरिविको रेखामुनि रहेका युवायुवतीलाई रोजगार मा जोड दिने , बुद्धरंगशाला, बसपार्क निमाणर्, फराकिला पक्की सडक र युवाका लागि रोजगारी प्राथमिकता रहेको समेत बताउदै आएका छन् ।
बलदेवले अव बिकासको लागि र देशको निकासका लागि सत्ता गठबन्धनको सहकार्य बर्षौसम्म अगाडी जाने बताउदै यही गठबन्धनले कपिलवस्तुको विकासमा नेतृत्वदायी भूमिका खेल्ने बताए ।


प्रकाशित : २०७९ कार्तिक २१, सोमबार २२:११