म्ंसिर ४ को चुनावले बर्तमान सरकार परास्त हुन्छ -छविलाल ,आयल निगम डीपो अन्यत्र सार्छौं दधिराम

[sharethis-inline-buttons]

नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले परमादेशको जगमा बेनको गठबन्धन सरकार जनादेशबाट परास्त हुने बताएका छन् । रुपन्देही क्षेत्र नंं १ का सांसद उम्मेदवार विश्वकर्माले मंसीर ४ गते हुने निर्वाचनले परमादेशको सट्टा जनताको मतबाट सरकार बनाउने बताए । परमादेशबाट बनेको गठबन्धन सरकार बनेसंगै मंहगीले सिमा नाघेको, भ्रष्टाचार बृद्धि भएको, किसानले मल, बिउ पाउन नसकेको, डेंगुले देशवासी आक्रान्त हुंदा समेत सरकारले बेवास्ता गरेको नेता विश्वकर्माले टिप्पणी गरे । नेकपा एमाले, राप्रपा र जसपाले संयुक्तरुपमा रोहिणी गाउंपालिकाको विभिन्न वडामा संयुक्त निर्वाचन प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार विश्वकर्माले दशगजा देखि दलदले सम्म समानुपातिक विकासको लागि आफू प्रतिवद्ध रहेको बताए । आफनो ५ बर्षे कार्यकालमा दक्षिण क्षेत्रलाई बढि महत्व दिएको बताउदै उनले क्षेत्रको समग्र विकासको लागि दक्षिणबाट शुरुवात गरेको र अब पनि यसलाई निरन्तरता दिने बताए । नेता विश्वकर्माले जनमतको अपमान गर्दै अदालत गएर प्रतिपक्षलाई सत्ता सुम्पनेहरु एकपटक टिकट नपाउंदैमा पार्टी छाडेर स्वतन्त्रको नाममा विपक्षीको शिखण्डी बनेको बताए । दलिय व्यवस्थामा दलको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै स्वतन्त्र उम्मेदवारको कुनै अर्थ नहुनेमा जोड दिए । नेता विश्वकर्माले विकासका अधुरा काम पुरा गर्न सामाजिक असमानता र विभेदको अन्त्य गर्न नेकपा एमालेको जीत आवश्यक रहेकोमा जोड दिए । आगामी मंसीर ४ पछि बन्ने नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले जेष्ठ नागरिकलाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता दिने र जेष्ठ नागरिकको सम्पूर्ण उपचार सरकारले जिम्मेवार लिने बताए । सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १९१० प्रदेश सभाका उम्मेदवार आशिषकुमार चौधरीले शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासको लागि एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए । उनले यस क्षेत्रमा नेपाली कांग्रेसले धेरै बर्ष निर्वाचन जितेपनिकुनै उल्लेखनीइ काम गर्न नसकेको बताए । घरदैलोका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहामहामन्त्री ताहिर अली, एमालेका नेता दिलिपमणि त्रिपाठी, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष घनश्याम क्षेत्री, एमालेका नेता मुस्ताक अहमत खाँ लगायतले क्षेत्र नंं १ मा एमाले राप्रपा जसपा गठबन्धन कम्तीमा १० हजार मतले अगाडि रहेको भन्दै उत्साहित भएर मतदातालाई प्रशिक्षित गर्न आग्रह गरे ।

आयल निगम डीपो अन्यत्र सार्छौं स् दधिराम

यसैबीच रुपन्देही १ ९२० मा एमाले राप्रपा जसपाको साझा उम्मेदवार दधिराम न्यौपानेले तिलोत्तमाको वडा नं ७ र ९ मा घरदैलो गरेका छन् । सो क्रममा उम्मेदवार न्यौपानेले भलबारीको आयल निगमको डीपोले स्थानीयबासी असुरक्षित भएकाले अन्यत्र सार्न पहल गर्ने बताए । उनले आफ्नो क्षेत्रका हाटबजारहरुलाई आधुनिक र व्यवस्थित बनाउने, एमालेकै पालामा अघि बढेको मंगलापुर कान्छिबजार सडकलाई गुणस्तरीयरुपमा निर्माण सम्पन्न गर्न निगरानी गर्ने बताए ।


प्रकाशित : २०७९ कार्तिक २४, बिहीबार १७:५८