नयाँ पुस्ता नविन सोच सहितको नारा लिएर उम्मेद्धार रायमाझी चुनावी अभियानमा

[sharethis-inline-buttons]

लुदअ

कपिलवस्तुमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसारमा रहेका उम्मेद्धार धुव्र रायमाझीलाई मतदाताले खुलेर समर्थन गरेका छन् । राप्रपाका उम्मेद्धार रायमाझी कपिलवस्तु क्षेत्र नम्बर १ का बाणगंगाको ५ ,६ र शुदोधनगाउँपालिकाको वडा नम्बर ५ मा जनताका सुझाव सल्लाह ग्रहण गर्ने र अन्तर्किया गर्दै घरदैलोमा रहेका बेला नागरिकहरुले उनलाई स्वागत पनि गरेका छन् ।

निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउने उम्मेद्वार धुव्र रायमाझीले मतदाताले आफूसमक्ष जनताले राम्रो साथ र समर्थन जनाएको बताए । रायमाझीले आफू जनताको वास्तविक समस्यासँग नजिकबाट जोडिएको भन्दै प्रतिनिधि सभाबाट कपिलवस्तुका जनताको जीवनस्तर बदल्न योजनाबद्ध लाग्ने पनि बताए ।

राप्रपाको उम्मेदवारलाई मतदाताले उत्साहका साथ समर्थन गरेको र घरदैलोमा न्यायो स्वागत पाएको रायमाझीले बताउनुभयो । नीति र एजेण्डा लिएर युवा उम्मेदवार घरदैलोमा पुग्दा मतदाता धेरै उत्साहित भएको उम्मेदवार रायमाझीको तर्क छ । रायमाझीले नयाँ पुस्ता नविन सोच, युवा उद्यम र रोजगारीका लागि आफनो उम्मेदवारी भएको दावी पनि गर्नुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक २५, शुक्रबार १३:१५