ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

लुम्बिनी दर्पण २०७९ मंसिर १, बिहीबार १४:२३
[sharethis-inline-buttons]

चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवार समक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ । किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन् ।

परम्परागत कृषि प्रणालीले किसानले फड्को मार्न नसकेको भन्दै नयाँ प्रविधिको विकास, कृषिमा सहुलियत अनुदान, बजारीकरण, गाउँमा बाँदर आतङ्क रोक्नेलगायतको प्रबन्ध मिलाउन गुनासो उम्मेदवारसमक्ष सुनाउँदै यसमा सम्बोधन गरी प्रतिबद्धता जनाउन अनुरोध गरिरहेका छन् ।

प्रविधिबारे राम्रो ज्ञान र सीप नहुँदा किसानले लागतअनुसार उत्पादन लिन नसकिरहेको रामपुरका दिलबहादुर थापा बताउँछन्। धेरै मेहेनत र परिश्रम गरे पनि किसानमा खेती गर्ने प्रविधिबारे जानकारी नहुँदा केही गर्ने आशा बोकेर कृषिमा लागेका युवा टिक्न नसकेको उनले बताए।

“व्यवसाय सुरु गरेर बीचमै धेरैले छाडेका छन्, व्यावसायिकरूपमा कृषि गर्ने कम छन्, तिनलाई कृषिमै टिकाउने वातावरण नेतृत्वले ल्याउनुपर्छ”, उनले भने, “अर्कोतर्फ प्रविधि नजान्दा लगानी र मेहेनतअनुसारको उत्पादन किसानले लिन नसकिरहेको अवस्था छ, बेला–बेलामा प्रविधिसम्बन्धी ज्ञान, सीप सिकाउने र बाहिरबाट भित्रिने कृषि उपज कम गरी स्थानीय उत्पादनले नै बजार ढाक्ने वातावरण कृषकलाई चाहियो ।”

थापाले साना, मझौला र ठूला किसान वर्गीकरण गरी सोको आधारमा सबैलाई कृषि अनुदान उपलब्ध गराउनुपर्ने थापा बताउछन् । भर्खरै व्यवसाय सुरु गर्नेलाई व्यावसायिक बनाउने र व्यावसायिक किसानलाई उद्यमी बनाउने योजना नेतृत्वले ल्याउनुपर्ने उनी बताउँछन् । निर्वाचनमा मत माग्न घर आउने उम्मेदवारलाई किसान विशेष योजना लिएर आउन थापाले अनुरोध गरे ।

व्यावसायिक तरकारी तथा फूलखेती गरेका थापाको फार्ममा भेटघाट गर्न पुगेका नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार सन्दीप रानाले सो कुराको प्रबन्ध गर्ने खालका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । उनले साना किसानलाई व्यावसायीकरण गरी यसबाटै निर्धक्कसँग बाँच्ने आधार सिर्जना गर्ने खालको कार्यक्रम ल्याउने बताए ।

“किसानलाई सम्मान र प्रोत्साहनमूलक खालका कार्यक्रम ल्याउने, समयअनुसार चलनचल्तीमा आएका आधुनिकीकरण प्रविधि विस्तार, कृषि पेशालाई सम्मानित र गर्व गर्न लायकको कार्यक्रममा जोड दिनेछु, स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिएर बाहिरबाट भित्रिने कृषि उपजलाई रोक्ने खालका योजना किसानमाझ ल्याएको छु”, उम्मेदवार रानाले भने ।

रम्भा गाउँपालिका १ सगाहाका अगुवाका कृषक ऋषिराम अर्यालले साना र टुक्रे योजना ल्याउनुभन्दा राज्यले देखिने र प्रतिफल दिने खालका योजना आवश्यक रहेको बताउँछन् । उनले गाउँघरमा मत माग्न आएका उम्मेदवारलाई उत्पादन क्षेत्र विभाजन गरी पकेट क्षेत्र विस्तारका कार्यक्रममा जोड दिनुपर्ने माग गरे ।

उनी भन्छन्, “कृषिमा साना योजनाले दीर्घकालीनरूपमा व्यवसाय टिकाउन सकिँदैन, व्यवसाय गरेपछि बीचमै छाड्न नपर्ने गरी व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ, अनुदानमा किसानलाई विभेद छ, व्यवसायको आधारमा उपलब्ध गराउनुपर्छ ।” गाउँमा बाँदर आतङ्कले सताउने गरेकाले यसको व्यवस्थापनमा सबैले विशेष योजना बनाएर किसानले आफ्ना खेतबारीमा ढुक्कले खेती लगाउने वातावरण सिर्जना गरिदिनुपर्ने अर्यालको भनाइ छ ।

निस्दी गाउँपालिका–२ सहलकोटस्थित भाङबारीका यमबहादुर मश्राङ्गीले गाउँमा खेर गएका पाखो बारीभरि तरकारी लगाएर हरियाली बनाए । विगत एक दशकदेखि गाउँको जग्गा सदुपयोग गर्दै व्यावसायिक तरकारी खेती थालनी गरेका यमबहादुरले प्रशस्त तरकारी उत्पादन गर्छन् । यमबहादुर हाल करिब १२ रोपनी जग्गामा विभिन्न जातका तरकारी बाली लगाएर जग्गा हराभरा बनाएका छन् । तरकारी फल लाग्न थालेपछि बजार पुर्याउने चिन्ताबाट अहिलेसम्म मुक्त हुन सकेका छैनन्।


प्रकाशित : २०७९ मंसिर १, बिहीबार १४:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech