नेताको ४१ वर्षदेखिको एउटै साईकल समानुपातिक मतको अपिल गर्दै अभियानमा

[sharethis-inline-buttons]

लुदस,
जनताको सेवामा ४५ वर्ष व्ययथित गरेका जनप्रिय शालिन भद्र नेता दधिराम आचार्य राष्ट्रिय जनमोर्चाबाट समानुपातिक उमेद्वारको सुचिमा शिर्ष स्थानमा रहेका छन् ।
आसन्न मंशिर ४ को निर्वाचनमा गिलास चिन्हबाट खस आर्यको शिर्ष स्थानमा रहेका नेता आचार्य लामो समयदेखि पन्चायत, विरुद्धको आन्दोलन, राजतन्त्र विरुद्ध,गणतन्त्र स्थापित गर्न अहोरात्र संघर्षशिल रहेका उनि हाल संघियता फाल्न, प्रदेश खारेज गर्न एम.सिसि विरुद्ध निरन्तर संघर्षशिल यात्रामा छन् ।

३८ वर्षदेखि निरन्तर उनको यात्राको सहयात्री बनेको छ साइकल यात्रा , उनले २०३८ सालमा कपिलवस्तुमा साईकल नपाएर भारतको गोरखपुरबाट ६ सयमा किनेको साईकल अझै सहयात्री बनेको सुनाए । निकै सरल र सामान्य स्वभावका उनि देशलाई दुख्दा सधै सड्क आन्दोलनमा देखिन्छन् । राष्ट्रियताका विषयमा खरो बोल्ने हकि स्भावका उनि हरेक कार्यक्रममा साइृकल मार्फत नै पुग्ने गर्दछन् । उनको साईृकल जिन्दगी र सरल स्वभावको चौतर्फी चर्चा हुने गरेको छ । उनको सोही सार्इृकल अहिले पनी छ । साईकलको टायर, ट्यू फेरेपनी ब्रेकहरु फेरेपनी, बोडी भने पुरानै रहनुपनी आशर्यको कुरो हो । देशमा विलासिताको साधनमा नेताहरु गाडी फेर्दे हिडे तर उनिजस्ता नेता चिन्न मतदाताले मुल्याङन गर्ने बेला आएको हो । उनले प्रतिनिधि सभातर्फ समानुपातिकमा मतदान गरिदिन मतदाता समक्ष अपिल समेत गरेका छन् ।

उनि राष्टिय जनमोर्चाको जिल्ला अध्यक्ष समेत हुन् ।


प्रकाशित : २०७९ मंसिर १, बिहीबार १६:३२