
लुदअ, कपिलवस्तु
७, कात्तिक अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।
२०६४, २०७० मा संविधान सभा सदस्य भएका रायमाझी २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका रायमाझीले चौथौ पटक अर्घाखाँचीबाट जित हासिल गरेका छन् । तत्कालीन नेकपा विभाजनपछि भने उनी माओवादीमा फर्किएनन् । केपी ओलीको मन्त्रिपरिषदमा तीन मन्त्री बनेकै बेला उनलाई माओवादीले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।
त्यस्तै प्रदेशसभा क मा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य विजयी भएका छन । आचार्यले गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७ सय ४० मतान्तरले पराजित गरे ।
आचार्य २० हजार ५ सय १८ मत छ भने केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरे। २०७४ को चुनावमा पनि वाम गठबन्धनबाट आचार्य सोही क्षेत्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै प्रदेश सभा ख मा रामजी प्रसाद घिमिरे विजयी भएका छन् । यो संगै १ प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको अर्घाखाँचीमा एमालेले ‘क्लीन स्वीप’ गरेको छ ।