रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

[sharethis-inline-buttons]

लुदअ ८ मंसिर बुटवल
रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् ।

 

एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए ।


प्रकाशित : २०७९ मंसिर ८, बिहीबार ०७:२७