मंसिर २६ गते तौलिहवामा ‘वजाज माईलेज च्याम्पियन’ हुने, उत्कृष्टलाई आकर्षक उपहार

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
वजाज डिस्कवर माईलेज च्याम्पियन कन्टेस्ट हुने भएको छ । पेट्रोलको मुल्य अत्याधिक वृद्धि भएसंगै तराई भेगमा कम सि.सि. भएका मोटरसाईकल अत्याधिक मात्रामा रुचाईने गरिएकोमा वजाज कम्पनीले वजाज माईलेज च्याम्पियन आयोजना गर्ने यस क्षेत्रकै बजाज मोटरसाईकलको आधिकारीक विक्रेता केदारनाथ अटो मोवाईल्स प्रा.लि.का प्रबन्धक बिष्णु पाठक र बजाज क्षेत्रीय प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो ।

यहि मंसिर २६ गते बुद्ध पद्म माध्यमिक विद्यालयको खेल मैदान तौलिहवा कपिलवस्तुमा डिस्कवर १ सय २५ सि.सि. बाईकको वास्तविक माईलेजबारे ग्राहकहरुलाई स्पष्ट जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको वजाजको आधिकारीक विक्रेता केदारनाथ अटो मोवाईल्स प्रा.लि.का प्रबन्धक विष्णु पाठकले बताउनुभयो ।

१२५ सि.सि. मोटरसाईकल मध्येमा लुक्स, टिकाउ, मर्मत खर्च, स्पेयर पार्टसको सहज उपलब्धताका कारण डिस्कवर १२५ सि.सि. मोटरसाईकल ग्राहकको पहिलो रोजाई बन्न सफल भएको छ । विशेष गरि कृषक, शिक्षक, साना ठुला व्यापारीहरु, सरकारी, अर्ध सरकारी कर्मचारीहरु, ठेकेदार, बैंक तथा वित्तिय संस्था, एन.जि.ओ, आई.एन.जि.ओ. का कर्मचारीहरुको पहिलो रोजाई सो मोटरसाईकल बनेको छ ।

साथै अहिलेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको अवस्थामा माईलेज दिने मोटरसाईकल नै ग्राहकको मुख्य रोजाई रहेको छ त्यसैले वास्तविक कति माईलेज दिन्छ भन्ने कौतुहलता मेटाउन कार्यक्रमको आयोजना गरिएको बताईएको छ । जसमा १ सय जनालाई प्रतिस्पर्धा गराउने र प्रथम, द्धितीय र तृतीय हुनेलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ ।


प्रकाशित : २०७९ मंसिर २४, शनिबार १७:३९