हरि आचार्य, ओदारी
साना किसान कृषि सहकारी संस्था लिमिटेड ओदारीको अध्यक्षमा पुनः टिका कुमारी क्षेत्री चयन भएकी छन् । संस्थाको नवौं साधारण सभा तथा चौथो अधिवेशनबाट पुनः क्षेत्रीको अध्यक्षतामा आगामी ४ बर्षका लागि ९ सदस्यीय सञ्चालक समिती चयन गरिएको हो । जसको उपाध्यक्षमा मोहनी खनाल, सदस्यहरुमा मुन्नी देवी थारु, हृदयनारायण चौधरी, लक्ष्मी चौधरी (थारु), लक्ष्मी कुमारी चौधरी, तुल्सा बन्जाडे, नर्मदा खनाल र सरस्वती न्यौपाने सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सीता पाण्डेको संयोजकत्वमा लेखा समिती चयन गरिएको छ जसको सदस्यहरुमा राजेश कुमार चौधरी र सुनिता पौडेल चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य विष्णु पन्थीले सहकारीको पुंजीलाई उत्पादनसंग जोड्न सके मात्र शेयर सदस्यको जिवनस्तर सुधार हुने बताएका छन् । उनले नेपालको संविधानले पनि सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको बताउदै आर्थिक विकास र समृद्धका लागि सहकारीको महत्वपुर्ण भुमिका रहेको उल्लेख गरेका थिए । उनले सहकारीलाई समृद्धिको आधारस्तम्भ मानिएको बताउदै सहकारीको पुंजीलाई उत्पादनमुलक काममा लगानी गरि सदस्यहरुलाई उद्यमी बनाउन सक्नुपर्नेमा जोड दिए । उनले सहकारीको पुंजीलाई उत्पादानसंग जोड्न सके सहकारीबाट नितान्त तल्लो तहका जनताहरु लाभान्वित हुने औल्याए ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथी बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बोल्दै नगरभित्र रहेका सहकारीहरुलाई नगरपालिकाले सधै नियमन र अनुगमन गरिरहेको बताए । उनले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले वदमासी गर्न सक्ने भन्दै नियम अनुसार चल्न नसक्ने सहकारीहरुलाई खारेजीको प्रकृयामा समेत लगेको बताए ।
यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले बाणगंगाको विकासका लागि पनि सहकारीको पुंजी परिचालन हुन सक्नु पर्ने औल्याए । उनले सहकारीहरु शेयरसदस्य प्रति उत्तरदायि बन्नुपर्नेमा बताउदै समुदाय तर्फ जिम्मेरवार बनेर आममानिसको भरोसा बढाउनु सहकारीको दायित्व समेत रहेकोमा जोड दिए । कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेल, वडा नं. ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरी, वडा नं. ११ का निर्वतमान वडा अध्यक्ष सोमनाथ अर्याल तरवन्तकुमारी चौधरी, हृदयनारायण चौधरी लगाएतले बोल्दै सहकारीहरु सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताए ।
कार्यक्रमको अवसरमा ३ जना जेष्ठ नागरिक पवित्रा जैसी, उमादेवी अर्याल र कौशिल्या पौडल लाई सम्मान गरिएको थियो । यस्तै असल कृषक सोमनी थारु, असल ऋणी सरितय पाध्याय तिवारी, असल बचत कर्ता देवी क्षेत्री थारु र एसईई तथा प्लस टु मा उत्कृष्ट नतिजा ल्याउन सफल २ जना विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान समेत गरिएको थियो ।
संस्थाकी अध्यक्ष टिका कुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा संयोजक भगती पाठकलले सहकारीले आर्थिक वर्ष २०७८।०८९ मा ९ करोड ५६ लाख ७३ हजार १ सय ८९ रुपैया कारोबार गरि ३४ लाख २० हजार ४ सय २२ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको लेखा समितीको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम व्यवस्थापक माया पौडेल भट्टराईको संचालनमा सम्पन्न भएको कार्यक्रममा मैनहरा गाउ समाजको तर्फबाट सचेतनामुलक झुमरा नाच एवं नाटक समेत प्रस्तुत गरिएको थियो ।