सरकारीको दायित्व माउण्ट एभरेष्टले पुरा गरेको छ : उपमेयर चौधरी

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
बाणगंगा नगरपालिकाकीउपमेयर रीता चौधरीले सरकारले गर्नुपर्ने आर्थिक विकासको कार्य सहकारीले पुरा गरिरहेको बताउनुभएको छ । माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा–६ भगलापुरको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममाउपमेयर चौधरीले यस्तो बताउनुभएको हो ।

आर्थिक विकासको क्षेत्रमासहकारीको योगदानउच्च रहेको बताउदै चौधरीले सहकारीले सरकारी दायित्व समेत पुरा गरिरहेको तर्क गर्नुभयो । ‘सहकारीले स्थानीय समुदायको आर्थिक रुपान्तरणमा टेवा पु¥याएको छ, युवालाई स्वरोजगार बनाएको छ र महिलालाईशसक्तिकरण गर्दैउद्यमशीलतातर्फ अग्रसर गराएको छ ।’ उपमेयर चौधरीले भन्नुभयो, ‘वास्तवमा सरकारले गर्नुपर्ने त्यस्तातमामकार्य समेत सहकारीले पुरा गरिरहेको छ ।’

संस्थाकीपूर्व उपाध्यक्ष समेत रहेकी चौधरीले सहकारीसर्वसाधारण जनताको आर्थिक समस्या समाधान गर्ने शसक्तमाध्यम बनेको बताउदै ग्रामिण क्षेत्रकान्यूनआयभएकानागरिकको आयआर्जन वृद्धि गर्नकालागि सहकारी कोसेढुङ्गा सावितभएको बताउनुभयो ।चौधरीले माउण्ट एभरेष्ट सककारीलेअन्यपालिकालाई समेतकार्यक्षेत्र बनाएर अघि बढेको कारण नगरपालिकाले उल्लेख्य सहयोग गर्न नसकेको समेतबताउनुभयो ।

कार्यक्रममालुम्बिनीप्रदेश बचत तथा ऋण सहकारी संघकाअध्यक्ष कृष्ण नेपालले सहकारीलाई उत्पादनमूलक क्षेत्रसंग जोडेरे आर्थिकविकासमाराज्यलाई अतुलनीय योगदानदिन सकिने जिकीर गर्नुभयोे । ‘बचत तथा ऋण सहकारीले आफै उद्योग सञ्चालन गर्न सक्दैन तर सदस्यहरुलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्न रव्यवसायको लागिकर्जा प्रवाह गर्न सक्छ ।’ नेपालले भन्नुभयो, ‘सिपविकासको लागितालिमदिन र उत्पादित वस्तुको बजार व्यवस्थापन गर्न सक्दछ।’

नेपालले सन्ततीको लागि घरजग्गाजोडेर राखिदिए जस्तै बालबचत पनिनियमित गरिदिनु पर्ने आंैल्याउनुभयो ।सहकारीहरुले बाल बचत योजनालाई प्रभावकारी बनाउदै बाल बचतकर्ताले १६ वर्ष पुगेर नागरिकताप्राप्त गर्न साथ स्तहः सहकारीको सदस्यहुनपाउने नीतिअवलम्बन गर्नुपर्नेमा नेपालले जोड दिनुभयो ।

कार्यक्रममासिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाकाअध्यक्ष लक्ष्मण बेल्बासेलेसहकारी अभियानमामाउण्ट एभरेष्ट सहकारीकोविशिष्ट पहिचानभएको र बचत तथा ऋण सहकारीमध्येमा अब्बल सहकारीको रुपमा स्थापितभएको बताउनुभयो ।बेल्बासेले सदस्यहरुमा बचत गर्ने बानीको विकास गराउदै उद्यमशील, स्वालम्बी र आत्मनिर्भर बनाउदै समृद्धिको यात्रामा अघि बढाउन सक्नुपर्ने औंल्याउनुभयो ।
वडा नम्बर ५ का वडा सदस्य ज्ञान बहादुर कार्कीले यस क्षेत्रमापहिलो पटक सहकारीको अभियानको सुत्रपात गरेर हजारौं व्यक्तिहरुलाई सहकारी अभियानमा जोड्न सक्नु माउण्ट एभरेष्टको ठुलो सफलताभएकोबताउनुभयो ।कार्यक्रममा ५ जनाजेष्ठ सदस्य, एकजनाअसल ऋणी सदस्य, एकजना सफलव्यवसायी सदस्य, एकजनाअसलबचतकर्ता सदस्य, एकजनाअसल शेयर सदस्यलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थाका संस्थापक सदस्यहरु रपूर्व उपाध्यक्ष रिता चौधरीलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।

‘फजुलखर्च कटौती गरौं, बचत गर्ने बानीबसालौं’ भन्ने मूल नारा सहित साढे दुई दशकदेखि ग्रामिण भेगमाक्रियाशील यस संस्थाको २४ औं साधारण सभामासंस्थाको प्रगतिप्रतिवेदन संस्थाका सचिवखेमराज भट्टराईले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष लेखनाथ भट्टराईले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजकदेवीपोख्रेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन रअध्यक्षयुवराजपोख्रेललेआर्थिक वर्ष २०७९÷०८० कोनीतितथाकार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाकापदाधिकारी, विषयगत समिति सदस्यहरु, कर्मचारीहरु, जनप्रतिनिधि, पत्रकार तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।संस्थाका सचिव खेमराज भट्टराई र व्यवस्थापक रबिलाल भट्टराईको सञ्चालन रहेको कार्यक्रमउपाध्यक्षगौरी चौधरीको स्वागत र अध्यक्षयुवराजपोख्रेलको अध्यक्षतामा सम्पन्नभएको थियो ।

ग्रामिण क्षेत्रमा छरिएर रहेको पँुजीलाई एकीकृत गरी सदस्यहरुमाउद्यमशीलताविकास गराई आर्थिक रुपमा सबल एवं सक्षमबनाउने अभिप्रायले वि.सं. २०५३ सालमा २० जना सदस्यबाट २० रुपैंयाको दरले बचत संकलन गरी सुरुवात गरिएको यस संस्थाकोसाढे दुई दशककोयात्रमानिकै प्रगतिभएको छ ।

हाल संस्थाको कुल शेयर सदस्य संख्या ३ हजार ८ सय ३१पुगेको छ । जसमा १ हजार ९ सय ७० पुरुषतथा १ हजार ८ सय ६१ पुरुष सदस्य रहेका छन् ।शेयर पुँजी १ करोड ७२लाख७९हजार रहेको यस संस्थामाकुल बचत निक्षेप १६ करोड ४८लाख३८हजार ६ रुपैया रहेको छ भने कुललगानी १८ करोड ३६लाख७३हजार ४ सय ६ रहेको छ । त्यस्तै जगेडा कोष२ करोड १२लाख६७हजार ८ सय ४४ रहेको छभने खुद बचत अर्थात नाफा ८३ लाख ५४ हजार ५ सय ५१ रहेकोप्रतिवेदनमाउल्लेख गरिएको छ ।

संस्थामाहाल १४ प्रकारका बचत योजनाहरु सञ्चालनमा रहेका छन् । संस्थाले बचतकर्तालाई ६ देखि १३.५ प्रतिशतव्याजप्रदान गर्ने गरेकोे छ भने १३.५ देखि १५.५ प्रतिशतसम्मव्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ । संस्थाले माउण्ट एभरेष्ट स्मार्ट एप्स मार्फत मोवाइल वैंकिङ सेवाप्रदान गरिरहेको छ भने रेमिट्यान्स सेवासंगै फण्ड ट्रान्फर, फोन पे, विद्युतविल, मोवाइल रिचार्ज, डिसहोम रिचार्ज, सिडिएमए रिचार्ज लगायतका सेवाहरु निरन्तर रुपमा प्रदानगर्दै आएको छ ।


प्रकाशित : २०७९ मंसिर २५, आईतवार ०७:०९