कपिलवस्तुको निग्लिहवामा रहेको जर्लैया नाकामा नदिजन्य पदार्थको चोरि भएको छ ।
जग्दिशपुरका स्थानियहरुले संरक्षण गरेर राखेको संसानघाट क्षेत्रको नदिजन्य पदार्थ चोरी भएपछी स्थानियहरुले विरोध गरेका हुन् । स्थानिय एक कन्ट्रक्सन प्रा.ली का संचालकले सप्लायर्सका नाममा अवैध डम्पिङ्ग गरि नदिजन्य पदार्थ चोरी गरेको फेला परेको हो ।
गाउँलेहरुले संरक्षण गरेको क्षेत्रबाट नदिजन्य पदार्थ चोरी भएपछी खोज्दै जाँदा उक्त वालुवा सो कन्ट्रक्सनको डम्पिङ्ग स्थलमा भेटिएको बताएका हुन् । सो सप्लायर्सले यस अगाडीपनी नदिजन्य पदार्थ चोरी गर्दै अवैध डम्पिङ्ग गर्ने गर्दै आएको आरोप छ ।

यता बाणगंगा नदिको बालापुर क्षेत्रमा पनी रातिको समयमा चोरी निकासी शुरु भएको स्थानियहरुको गुनासो छ ।




















