रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ मंसिर २८, काठमाण्डौ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

लामिछानेको नागरिकता विवादको विषयलाई लिएर युवराज पौडेल ९सफल० ले निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाउँदै आज बुधवार सर्वोच्चमा रिट दायर गर्नुभएको हो । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, सङ्घीय संसद् र जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई विपक्षी बनाइएको छ । मुद्दाको किनारा नलाग्दासम्म उहाँलाई प्रतिनिधि सभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ ।

रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पार्टी सभापतिबाट समेत हटाउन माग गरिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताउनुभयो । रिटमाथि सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि खारेज भएको नेपाली नागरिकता प्रयोग गरेर दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचितसमेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ ।

 


प्रकाशित : २०७९ मंसिर २८, बुधबार १७:४०