ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

Lumbini Darpan 2 २०७९ पुष ८, शुक्रबार ०८:४९
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु  

इन्सेक कपिलवस्तुको अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ७ गते तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले कपिलवस्तु जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बर २० सम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमा बलात्कार हुनेमा ५ वर्ष देखि माथि १८ बर्ष मुनिका बालिका १३ जना , १८ देखि ४० बर्ष सम्मका महिला १४ जना र ४० बर्ष माथि ६८ बर्षीया बृद्ध सहित २ महिलाले बलात्कारको हिंसामा परेका छन् ।

यस्तै बलात्कार प्रयासको घटनामा १८ बर्ष मुनिका ४ जना र १८ बर्षदेखि ४० बर्ष सम्मका ७ जना , हाडनाता करणीमा १ , वालयौन दुव्र्यवहारमा २ वर्षिया बालिका सहित ३ जना , शरिर बन्धक तथा अपहरण गरी बलात्कार ५ जना ,मानव बेचबिखनमा ४ वटा , बाल विवाह २ , बहुबिवाहमा ४ , १ गोलिहानी आत्महत्या र पारिवारीकजन र ब्यक्तीगत रिषईवीमा ६ जना र आत्महत्या दुरुत्साहन बाट १ जनाको हत्या भयो । भने अपहरण तथा शरिर बन्धक र ज्यानमार्ने उद्योगमा १ मुद्दा दर्ता भएको छ । घरेलु हिंसा २ सय ९९ वटा गरी जम्मा ३ सय ६३ वटा घटनाहरु संकलन भएका थिए ।

जिल्ला समन्वय समिती कपिलवस्तुका संयोजक बाबुराम आचार्यले इन्सेकको प्रतिबेदन र कार्यप्रति प्रशंसा गर्दै समन्वय समितीबाट हुने सहयोगमा प्रतिवद्धता जानउनु भयो । बिगत लामो समयदेखि इन्सेकले प्रकासित गर्दै आएको मानव अधिकार वर्ष पुस्तक दस्तावेजको रुपमा लिईने गरिएको बताउनु भयो । उहाँले निशुल्क शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरोकारवालाहरु संवेदनसिल हुन जरुरी भएको बताउँदै आफूले जिल्लाको बिभिन्न स्थानहरुमा अनुगमन गर्दा केही स्वास्थ्य संस्थाहरुमा सिटामोट नभएको समेत देखिएको हुँदा स्थानिय सरकारले स्वास्थ्य क्षेत्रमा ध्यानदिन जरुरी भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मानव अधिकार हनन भएको थाहा पाएमा प्रशासनमा सुचना दिन आग्रह गर्दै मानव अधिकारका बिषयमा सदैव सचेत रहने र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो । जिल्ला प्रशासनमा आफ्नो क्षेत्राधिकार भित्र पर्ने भन्दा पनि बाहिरी घटनाहरुको समेत उजुरीहरु आउनुको मुख्य कारण स्थानियतले प्राप्त गरेको न्यायीक समिती र जनप्रतिनिधीहरु प्रति बिश्वासको वातावरण नभएको भन्ने गुनासो सेवाग्राहीहरुबाट आउने गरेको बताउनु भयो । शिक्षाको क्षेत्रमा एकदमै कमजोडी देखिएको हुँदा शिक्षा शाखा प्रमुखहरुले स्थानियतहका सम्पूर्ण बिद्यालयहरुमा अनुगमन गर्न आग्रह गर्नुभयो । स्वास्थ्यको क्षेत्रमा हेलचक्राई नगर्न आग्रह गर्दै जनतालाई सहजरुपमा सेवा दिनुपर्नेमा जोडदिनु भयो ।

जिल्ला बार एशोसिएसनका सचिव तथा जिल्ला कानुनी सहायता समितीका अधिकृत राजु कुमार श्रीवास्तवले इन्सेकको प्रतिबेदन मानव अधिकार महासंन्धिमा समेत जाने भएको हुँदा सत्यतथ्य सुचना संम्प्रेषण गर्नुपर्नेमा जोडदिनु भयो ।

जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले बिद्यार्थीहरुले पूर्ण रुपमा पाठ्यपुस्तक नपाएकोमा दुख व्यक्तगर्दै यो बिषय राष्ट्रिय समस्याको रुपमा देखिएको बताउनु भयो ।

यसैगरी शिक्षा शाखा प्रमुख हरि प्रशाद ज्ञवालीले कपिलवस्तु नगरपालिका अन्तरर्गतका सामुदायीक बिद्यालयमा कुनै न कुनै बहानामा शुल्क उठाउने वातारणलाई न्यूनिकरण गरी नगरपालिकोको नगर परिषदबाट नै बिद्यार्थी तथा अभिभावकहरुबाट कुनै शुल्क नलिने निर्णय भएको बताउनु भयो । कपिलवस्तु नगरपालिका अन्तरर्गतका ५२ वटा बिद्यालयमा पाठ्यपुस्तकको अभाव नहुनका लागि चैत्र मसान्त भित्र बिद्यालयहरुलाई बजेट निकासाको निर्णय समेत भएको जानकारी दिनु भयो । पाठ्यक्रम भित्र हाम्रो ऐतिहासिक कपिलवस्तु पाठ्यक्रममा समावेस गरिएको बताउनु भयो ।

ओसिएमसीका संयोजक डाक्टर गणेश क्षेत्रीले ओसीएमसीमा सुधारहुँदै आएको बताउनु भयो । यस्तै स्वास्थ्य बिमाको बिषयमा सुधार हुँदै आएको बताउँदै नेपाल सरकारले ९८ प्रकारका बिभिन्न औषधीहरु १८ प्रकारका सर्जिकल निसुल्क सेवा दिंदै आएको बताउनु भयो । अस्पताल अन्तरर्गतको ओसिएमसीमा लैंगिक हिंसाका बिभिन्न प्रकारका प्रभावितहरुलाई सहज रुपमा कानुनी उपचार दिंदै आएको बताउनु भयो । कार्यक्रममा सहभागि मानव अधिकारकर्मी पोम नारायण पौडेल, बरिष्ठ मानव अधिकारकर्मी राम दयाल ठाकुर, नेपाल स्वयंम सेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेल, अशोक लम्साल, पत्रकार महासंघका सचिव जानु पाण्डे लगायतले पाँच वटा अधिकारहरु मध्ये आर्थिक, सामाजिक र सांस्कृतिकको अधिकारहरुको बिषयहरुलाई समेत इन्सेकले उठान गर्नुपर्ने बताएका थिए । सहभागिहरुले निशुल्क शिक्षा, स्वास्थ्य उपचार, सेनेटरी प्याड, छाडाचौपाया नियन्त्ररण लगाएतका बिषयमा उठान गरेका थिए ।

मानव अधिकारको अवस्था उजागर गर्ने इन्सेकको अभियानप्रति स्थानीय सरकारको सधै साथ सहयोग रहने कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले बताउनु भयो । कपिलवस्तु नगरपालिकाले सम्पूर्ण नगरवासीहरुकालागि ५० प्रतिशत छुटमा स्वास्थ्य बिमाको सेवा दिएको बताउनु भयो । साथै कपिलवस्तु अस्पतालमा औषधीमा सहयोग होस भन्ने उद्देश्यले रु. १२ लाख रुपैंया सहयोग गरिएको बताउँदै आगामी दिनहरुमा वडा तथा नगरबाट हुने सहयोगमा कन्जुसाई नगर्ने प्रतिवद्धता जनाउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मिन बहादुर घलेले राज्यनै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरू नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनु भयो । कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मी, कानुन व्यवसायी, हिंसा पीडितहरूको सहभागिता रहेको थियो ।

समिक्ष कार्यक्रममा मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले मानव अधिकार उल्लंघनका घटनाहरु सत्यतथ्यको आधारमा हरेक वर्ष इन्सेकले बर्ष पुस्तकमा अभिलेखिकरण गर्दा राज्यपक्ष र गैरराज्यपक्षबाट हुने घटनालाई खबरदारी गर्दै आउनु आम नागरिहरुका लागि दस्तावेजीको रुपमा अनुभूति भईरहेको बताउनु भयो ।

कार्यक्रममा जिल्लाका गैसस महासंघ, बिभिन्न सरोकारवालाहरु, पत्रकार र सुरक्षाकर्मीहरु मानव अधिकारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो । भने उक्त कार्यक्रमको संचालन मानव अधिकारकर्मी महेन्द्र प्रसाद खनालले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ पुष ८, शुक्रबार ०८:४९

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech