साना किसान कृषि सहकारी लि. मोतिपुर, चप्परगाउँको २३ औँ बार्षिक साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिपुर, बाणगंगा ८ चप्परगाउँ कपिलवस्तुको २३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार चप्परगाउँ स्थित साना किसानको भवन परिसरमा आयोजना गरिएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले उद्यम र उद्यमशिलताका लागि सहरकारीको अहम भुमिका रहेको बताएका छन्। उनले सहकारीले आर्थिक कारोवारसँगै स्वरोजगारीका कार्यक्रम र किसानहरुको व्यवसायिकतामा पनि ध्यान पुर्याउनु्पर्ने बताए । उनले बजारमा आर्थिक अभावले तरताको स्थिति आएको भन्दै आर्थिक गतिविधिमा संकटको स्थिति आएको पनि बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले राज्यका तीन खम्बे आर्थिक निति अनुसार साना किसान पनि एक महत्वपूर्ण अंग रहेको बताइन् । उनले साना किसानले किसानका मुद्धालाई बढि प्राथामिक दिनुपर्ने पनि उनले बताईन् ।

यस्तै प्रदेश सभा सदस्य विष्णु पन्थीले देशमा ठूला कम्पनीको विकास हुन नसकेता पनि यहाँ कृषिका माध्यमबाट आत्मनिर्भर बन्न सकिने बताए । उनले पशुपञ्छीको विमा कार्यक्रम प्रदेश र केन्द्र सरकारले समेत कार्यक्रम अगाडी बढाएको उनले जानकारी गराए । पशु विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउन नसकिएको भन्दै उनले यसलाई अब प्रभावकारी बनाउने गरी अगाडी बढेको बताए ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड चप्परगाउँले आर्थिक वर्ष २०७८/७९ मा कुल ३ करोड ७१ लाख ६२ हजारको लक्षित खर्च राखेकोमा यो आर्थिक वर्षमा कुल ३ करोड ७१ लाख ४८ हजार ६२४ खर्च भएको प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७८/०७९ मा जम्मा खुद आय १ करोड ४९ लाख ८ हजार लक्ष्य रहेकोमा १ करोड ४२ लखा ३२ हजार ८७२ आम्दानी रहेको जनाएको छ ।
यस्तै आर्थिक वर्ष २०७९/८० का लागि सहकारीले कुल १ करोड ८७ करोड ५९ हजार वार्षिक आम्दानी प्रक्षेपण गरिएको छ ।

साना किसानमा कुल ३१० समुह संख्या रहेको उल्लेख छ भने ३ हजार ३१० सदस्य आबद्ध रहेका छन् । ९ वटा अन्तर समुह रहेको सहकारीमा ९ सदस्यीय संचालक समिति रहेको छ । हाल कुल ८ जना कर्मचारी कार्यरत छन भने सहकारीमा आबद्ध ऋणीहरु मध्ये भाका नघाउने ऋणी संख्या शुन्य रहेको सहकारीले जनाएको छ ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष भिमप्रसाद सापकोटाको अध्यक्षता सहित प्रतिनिधि सभा सदस्य बलराम अधिकारीको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, प्रदेश सभा सदस्य विष्णु पन्थी लगाएतको विशिष्ठ आतिथ्यता रहेको थियो भने वडा नम्बर ७ का वडा सदस्य विष्णु गिरी, वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल, विभिन्न सहकारीका प्रमूखहरु, संचारकर्मी लगाएतको आतिथ्यता रहेको थियो ।

सहकारीले साविक मोतिपुर गाविस अन्तरगतका उत्कृष्ट कृषकहरुलाई समेत सम्मान गरेको छ भने उत्कृष्ट समुहलाई पुरस्कृत गरेको छ । यस्तै उत्कृष्ट बाल बचतकर्तालाई समेत सहकारीले सम्मान गरेको छ ।

सहकारीका सदस्य हरिशंकर पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।
तस्बिरहरु :


प्रकाशित : २०७९ पुष ८, शुक्रबार २०:३४