
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित एउटा वडामा पछिल्लो दुई महिनाको अवधिमा आधा दर्जन बढी सामुदायिक संस्थाहरुले वार्षिक साधारणसभा र अधिवेशन गरे । तर अधिवेशन आयोजना गरेका संस्थाहरु मध्ये कुनैपनि संस्थाले नयाँ नेतृत्व चयन गर्न सकेनन् । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित विभिन्न सामुदायिक वन र सामुदायिक विद्यालयमा भएका अधिवेशन र नयाँ समिति गठनको प्रक्रियामा राजनितिक भागबन्डा र खिचातानिले कुनैपनि संस्थाले नयाँ समितिलाई पूर्णता दिन नसकेका हुन । सबैभन्दा सुरुमा वडा नम्बर ९ जिनुवा स्थित सामुदायिक विद्यालय श्री शुद्धोदन जनजीवन माविमा विद्यालय व्यवस्थापन समितिको गठनका लागि पटक पटक अभिभावक भेला बोलाइए पनि उक्त भेलाले विद्यालयको व्यवस्थापन समिति गठन गर्न सकेन । जसका कारण अहिले सम्म पनि विद्यालय व्यवस्थापन समिति विहिन अवस्थामा छ । यहाँ स्थानीय दलहरुले राजनितिक तवरबाट भाग खोजेका कारण मुख्य ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका विचमा रस्साकस्सी देखिएको छ ।
विद्यालयको शिक्षक अभिभावक संघ गठन भएको भए पनि व्यवस्थापन समितिमा अन्य सदस्यहरु चयन भइसकेका छन् । तर समितिले अध्यक्ष चयन गर्न सकेको छैन । यस अघि पनि पाँच वर्ष व्यवस्थापन समितिले पूर्णता पाउन नसक्दा वडा अध्यक्ष नै समितिको अध्यक्ष बनेर काम गरेका थिए । हाल यहाँ वडा अध्यक्ष कमल पौडेल छन् । उनले अब छिट्टै समितिले पूर्णता पाउने बताउँदै आएका भए पनि वडा अध्यक्षमा पौडेल निर्वाचित भएको आठ मिहिना बितिसक्दा पनि विद्यालयको समितिले पूर्णता नपाउँदा नागरिक स्तरबाट भने आलोचना बढेको छ । यस्तै वडा नम्बर ९ कै खोजिपुर सामुदायिक वनले भाद्र महिनाको अन्त्यमा साधारण सभा र अधिवेशनको आह्वान गरेको थियो । यहाँ साधारणसभा भयो तर अधिवेशनबाट नयाँ कार्यसमितिमा आकांक्षिहरु धेरै भएपछि खोजिपुर सामुदायिक वनले अहिले सम्म संस्थाको नयाँ कार्यसमिति चयन गर्न सकेको छैन । यहाँ अहिले सम्म नेतृत्व गर्दै आएका दिपक थापा सहित तीन जनाले अध्यक्षमा दाबी गरेपछि समिति गठनमा विलम्ब भइरहेको एक सदस्यले बताए । उनका अनुसार समितिको पूर्णता दिन अन्तिम कसरत भइरहेको दाबी छ । तर अधिवेशन आह्वान भएको चार महिना पुरै बितिसक्दा पनि खोजिपुर सामुदायिक वनले नयाँ कार्यसमिति पाउन नसक्दा वनका आन्तरिक कामकाजहरु प्रभावित भइरहेका छन् ।
यस्तै वडा नम्बर ९ स्थित पडरियमा रहेको सरेपानि सामुदायिक वनमा पनि साधारणसभा सकिए पनि अधिवेशन हुन सकेन । अधिवेशनका लागी बन्दसत्रमा छलफल भयो तर समितिका विभिन्न पदका आकांक्षिहरु बढी भएपछि यो सामुदायिक वन पनि हाल नयाँ समिति गठनको कसरतमा छ । तर आन्तरिक खिचातानी र आफ्ना निकट व्यक्तिको सेटिङ मिलाउने चलखेलका कारण समिति गठनमा असफल देखिएको छ । सरेपानी सामुदायिक वनले असोज १३ गते साधारण सभा र अधिवेशन आह्वान गरेको थियो । तर तीन महिना वितिसक्दा समेत यो संस्थाले नयाँ समिति गठन गर्न असफल बनेको छ ।
हाल नयाँ कार्यसमितिको अध्यक्ष बन्न यहाँ ६ जनाले दाबी गरेका छन् । हालको नेतृत्व गरीरहेका गिरबहादुर गुरुङ सहित ६ जनाले दाबी गर्दा सरेपानी सामुदायिक वनले नयाँ समिति पाउन सकेको छैन । अन्य पदका लागि सर्वसम्मत पदाधिकारी चयन भए पनि अध्यक्ष र सचिवमा कुरा नमिलेका कारण समिति गठनमा ढिलाई भएको ङ सहित ६ जनाले दाबी गर्दा सरेपानी सामुदायिक वनले नयाँ समिति पाउन सकेको छैन । अन्य पदका लागि सर्वसम्मत पदाधिकारी चयन भए पनि अध्यक्ष र सचिवमा कुरा नमिलेका कारण समिति गठनमा ढिलाई भएको ङ सहित ६ जनाले दाबी गर्दा सरेपानी सामुदायिक वनले नयाँ समिति पाउन सकेको छैन । अन्य पदका लागि सर्वसम्मत पदाधिकारी चयन भए पनि अध्यक्ष र सचिवमा कुरा नमिलेका कारण समिति गठनमा ढिलाई भएको छ । यहाँ अध्यक्ष पदका लागि हालका अध्यक्ष गिरबहादुर गुरुङ सहित ६ जनाले दाबी गर्दा सरेपानी सामुदायिक वनले नयाँ समिति पाउन सकेको छैन । अन्य पदका लागि सर्वसम्मत पदाधिकारी चयन भए पनि अध्यक्ष र सचिवमा कुरा नमिलेका कारण समिति गठनमा ढिलाई भएको एक उपभोक्तले बताए ।
यस्तै वडा नम्बर ९ को बर्दहवामा रहेको कोटिहवा सामुदायिक वन पनि साधारण सभा र अधिवेशन पछि नयाँ कार्यसमिति गठनमा असफल बनेको छ । मंसिर २५ गते साधारण सभा र अधिवेशन आह्वान गरेको कोटिहवाले आर्थिक पारदर्शिता प्रस्तुत नगरेको भन्दै समितिको आलोचना भएपछि अधिवेशन हुन सकेन । हाल यहाँ नयाँ कार्यसमिति चयनका लागि निरन्तर छलफल भइरहेको वनको हालको नेतृत्व गरीरहेका फर्सबहादुर बस्नेतले बताए । यहाँ बस्नेत आफू पुनः अध्यक्षमा दोहोरिन चाहेका छन् । यस्तै एक हप्ता अघि मात्रै साधारण सभा र अधिवेशन गरेका भर्तापुर स्थित अमृते सामुदायिक वन र कोइली चौर साना किसान सामुदायिक वनले पनि तोकिएको मितिमा नयाँ कार्यसमिति गठन गर्न सकेनन् ।
दुबै सामुदायिक वनमा नयाँ समिति गठनका लागि उत्साहित हुँदै कार्यक्रममा सहभागित भएका उपभोक्ताहरु निराश हुँदै घर फर्किए । अमृते सामुदायिक वनमा हाल नेतृत्व गरिरहेका गोपाल गिरीले दोस्रो कार्यकाल पनि आफूले नेतृत्व गर्ने दाबी गरेपछि यहाँ पनि समितिको अधिवेशन पुर्ण हुन सकेन । यस्तै कोइली चौर साना किसान समुदायिक वनमा साविकका दुई वडा (भर्तापुर र भर्लावास) का उपभोक्ता बिचमा पदीय भागबन्डा नमिले पछि अधिवेशन हुन सकेन । यहाँ साविक भलवाड गाबिसका वडा नम्बर ८ र ९ का स्थानीय उपभोक्ता रहेका छन् । यहाँ अध्यक्षमा तीन जनाले दाबी गरेका छन भने उपाध्यक्ष र सह सचिव लागएतका पदमा कुरा नमिलेको बताइएको छ ।
सामुदायिक वनहरुमा आर्थिक स्रोत र कारोवार पनि बढी हुने भएका कारण यहाँका वनमा समितिको पदाधिकारी बन्न होडबाजी हुने गर्दछ । एक पटक समितिमा प्रवेश पाएकाहरुले पद छोड्न नमान्ने र नयाँले अवसर नपाउने कारण नै सामुदायिक वनहरुका अधिवेशन असहज बन्ने गरेका हुन । समितिका पदाधिकारीले पाउने बैठक भत्ता, स्रोतको उपायोगले गर्दा पनि समितिमा बस्न उपभोक्ताले बढि जोड गर्ने गरेको बुझिएको छ । यसैभित्र राजनितिक रुपमा दलीय भागबन्डा नमिल्दा पनि सामुदायिक संघ संस्थाहरु नेतृत्व छान्न असफल देखिएका छन् । वडा नम्बर ९ मा झण्डै डेढ दर्जन सामुदायिक संस्थाहरु स्थापित छन् ।
यस वर्ष अधिकाशं स्थाले अधिवेशन आह्वान गरेका थिए । तर अधिवेशन आह्वान गरेका कुनै पनि संस्थाले समितिलाई पूर्णता दिन सकेका छैनन् । यता डिभिजन वन कार्यालय कपिलवस्तुले बाणगंगाको भलवाड सहित अन्य केही सामुदायिक वनहरुमा पनि यो खालको समस्या देखिएको भन्दै वन कार्यसमिति गठनमा ढिलाइ हुँदा कार्यालयबाट पनि कामहरु प्रभावित भएको जनाएको छ ।
डिभिजन वन कार्यालयका अधिकृत मदन मोहन स्यान्डिल्यका अनुसार वनहरुले अधिवेशनबाट समिति गठनमा ढिलाई गरेका र कही वनमा पुरानै समितिले आर्थिक कारोवार पनि गरिरहेको गुनासो आफूहरुसमक्ष आएको भन्दै जिल्लाबाट १५ दिनको समय दिएर समिति गठनका लाग निर्देशन दिने तयारी भएको बताए । उनले तोकिएको समयमा पनि समितिलाई पुर्णता दिन नसकेका वनहरुको खाता रोक्का गरिने चेतावनी समेत दिएका छन् ।
यस्तै सव डिभिजन वन कार्यालय गोरुसिँगेका प्रमूख बसन्त थापाले भलवाड स्थिति अमृते सामुदायिक वनको साधारणसभालाई सम्बोधन गर्दा पनि पुष १५ भित्र जसरी पनि अधिवेशन सक्नुपर्ने निर्देशन गरेका थिए । आन्तरिक खिचातानीका कारण वनहरुले समिति गठनमा विलम्ब गर्दा वनसम्बन्धी अन्य कामहरु समेत प्रभावित भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकमा प्रकाशित

