पानी सगं जोडिएका योजनाका बिसयहरुमा सबैको सहयोग र समर्थन रहनुपर्ने

[sharethis-inline-buttons]

प्रकाश गौतम
पुस १४

पानी जिबन भएको भन्दै यस्ता योजनाका बिसयहरुमा सबैको सहयोग र समर्थन रहनुपर्ने एक कार्यक्रमका बत्ताहरुले बताएका छन । रुपन्देहीको तिलोत्तमामा सरोकारवालाहरु सगं भएको कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणंले पानि सगं जोडिएका योजनाका सचेत रहदै बिकाशमा हातेमालो गर्दै जानु पर्ने बताउनु भयो । कार्यक्रममा करहिया मक्रहर खानेपानी संस्थाले १२ न वार्डमा पाईपलाईन बिस्तार गर्दा स्थानीय स्तरमा देखिएको अबरोधलाई समाधान गर्न नगर प्रमुख ,उपप्रमुख ,कार्यपालिका सद्स्य ,खानेपानी संस्थाका पदाधिकारी , वार्ड जनप्रतिनिधि ,सम्बन्धित सरोकारवाला ,राजनीतिक दल सबैले पहल गर्नु पर्ने सहमती भएको छ । करहिया मक्रहर खानेपानी संस्थाले १२ न का बिषयमा केन्द्रीत छलफलले नगरपालिकाले निर्धारण गरेको राईट अफ वे अनुसारनै पाईपलाईन बिछ्याउने र सामान्य बिसयहरुलाई स्थानीयस्तरमै समाधान गर्ने गरि निर्णय गरिएको छ ।
खानेपानी अध्यक्ष यज्ञ गैरेले आजको छलफल पछीको निर्णयले खानेपानीको पाईपलाईन योजना बिस्तारमा सहज हुने बताउदै सबैको लागि शुद्ध खानेपानीको राष्ट्रिय संकल्प लाई मुर्तरुप दिने बताउनु भयो ।


प्रकाशित : २०७९ पुष १४, बिहीबार १८:११