हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको चन्द्रौटामा जारी सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७९ मा भोजपुरी कलाकारको लाजमर्दो प्रस्तुतिले सिंगो महोत्सवको बदनाम भएको छ । भोजपुरी कलाकारहरुको अर्धनग्न प्रस्तुति ले सिंङ्खो नेपाली संकृति मात्र होईन् प्रस्तुतिले कला क्षेत्रलाई धमिलो बनाएको हो । महोत्सवमा अपेक्षाकृत दर्शक नआएपछी दर्शक तान्नकै लागि आयोजकले यस्तो हर्कत गरेको स्थानियहरुको बुझाई छ ।
मेला हेर्न आएकी शिवराज ५ की माया खनालले परिवारसंग संगै मेला हेर्न नसकिने अवस्था भएको र सिंगो समाज, संकृतिको आयोजकले खिल्ली उडाएको बताईन् ।
यता भोजपुरी कलाकारको अर्धनग्न प्रस्तुतिको सामाजिक संजालमा व्यापक विरोध भएको छ । कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले आयोजित महोत्सव व्यापारीकरण र पैसाकै लागि यस्तो हर्कत गर्नुले महोत्सव प्रति युवा जगतको भिड बढ्ेपनी सिंगो समाज र समाजिक मुल्य मान्यतामाथि प्रहार भएको संस्कृतिप्रेमीहरु बताउछन् ।
अधिकांस भारतिय कलाकार भित्राएर भारतिय कलाकारको प्रर्वद्धन गर्नु र नेपाली अर्थतन्त्र समेत विदेश पु-याउनु विडम्बना भएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका संस्थापक अध्यक्ष पुर्णचन्द्र परियारले बताए । स्थानिय कलाकारहरुलाई समेत ओझेलमा परेर संकृतिमाथि गरिएको यस प्रकारको हर्कतले आगामी पुस्तालाई दिने संदेश समेतमा धावा बोलेको उनको भनाई छ ।
अर्धनग्न प्रस्तुति हेन प्रवेश शुल्क महाङ्गो आयोजक व्यापार संघ कपिलवस्तु र ठेकेकदार पक्ष जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा लीका प्रबन्धक राजविर जयसवालले कामाउने उदेश्यले यस्ता हर्कत भित्राएर साझको प्रवेश टिकटको दर रेट नै फरक कायम गरेका छन् । दिउँसो ७० अनि साँझ १ सय टिकट कायम गरि आयोजकले यी प्रस्तुतिलाई अझ महत्व दिएको स्थानियहरुको गुनासो छ ।
अन्त कही नभएको नियम चन्द्रौटा महोत्सवमा देखियो के का लागि भनेको बास्तविकता यस्तो रहेछ, महोत्सव हेर्न पुगेका यम बहादुर खत्रीले बताए । यस विषयमा आयोजक व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले समावेशीताका लागि भोजपुरी कलाकार ल्याएको तर विरोध भएपछि शनिवारबाट रोक लगाएको बताए ।
लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकमा प्रकाशित