
लुदस , कोपवा
साना किसान कृषि सहकारी संस्था कोपवाको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आज संम्पन्न भएको छ ।
अधिवेशनले पुन मालिका पोख्रेलको नेतृत्वमा ९ सदस्य कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा पार्वती आचार्य,सदस्यहरुमा माधवी आचार्य, जानकी चौधरी, वेद प्रकाश पौडेल, कमल प्रसाद अर्याल , राधा ज्ञवाली, सिता भट्राई, सरस्वती थारु, लगाएत रहेका छन् ।
त्यस्तैगरि लेखा समिति संयोजकमा श्रीजना अधिकारी, सदस्यहरुमा विष्णु ज्ञवाली, रमिता आचार्य रहेका छन् । साधारण सभामा बोल्दै प्रमुख अतिथि लुम्विनी प्रदेश सांसद विष्णु पंन्थीले संस्थाले साना किसानहरुको प्रर्वद्धनलाई जोड दिनुपर्ने भन्दै महिलाहरुले नेतृत्व गरेको संस्थाहरुको विकासका निम्ति प्रदेश सरकारले विशेष ढंगबाट सहयोग पु¥याउदै आएको बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि बाणगंगा नगरपालिकाकि उप प्रमुख रिता थारु , वडा नं ५ का अध्यक्ष दुनिका भुषाल, ६ का अध्यक्ष करुण टण्डन, ५ का पुर्व अध्यक्ष भिष्मराज भुषाल, साना किसान कृषि सहकारी संथा मोतिपुरका अध्यक्ष भिम प्रसाद सापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । लेखा संयोजक श्रीजना अधिकारीको स्वागत मन्तव्यमा संम्पन्न कार्यक्रम संस्थाकि प्रबन्धक रमा खनालको संचालनमा संम्पन्न भएको थियो ।