
प्रकाश गौतम
पुस २३
परिचित बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा १२को आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथसंस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।
सस्थाका अध्यक्ष चित्र बोहोराको अध्यक्षतामा सल्लाहकार यादव अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २६ जनाले रक्तदान गर्नु भएको थियो ।
रक्त संचार केन्द्र भैरहवाकोे प्रबिधिक सहयोगमा भएको कार्यक्रमको सञ्चालन सस्थाका ब्यबस्थापक मेनुका थापाले गर्नु भएको थियो ।