नवयुग शिक्षक पेसागत सहकारीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]

लुदस, जितपुर

नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार चारनम्बरमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि
नेपाल शिक्षक सहकारी संघका अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्दै आर्थिक, सामाजिक आदि क्षेत्रमा अब्बल बनाउन यस सहकारीले मागदर्शनको काम गर्ने बताए ।
अध्यक्ष पौडेलले यस सहकारीमा सम्पुणर् शिक्षहरुलाई आबद्ध गर्न अभियानका रुपमा लाग्नुपर्ने आवश्यकता औल्याए । सरकारले शिक्षकलाई राहत महसुस हुने गरि ऐन नियमहरु ल्याउनुपर्ने बताउँदै उनले शिक्षा क्षेत्रलाई नमुना बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले शिक्षकहरुको हक अधिकार प्राप्तिका लागी यस सहकारीले अहम भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । शिक्षकहरुको अवस्थालाई मजबुद बनाउन अनेक किसिमका प्रभावकारी कार्यक्रम लिएर अघि बढ्न उनले सुझाव दिए । उनले संस्थागत तथा व्यक्तिगत रुपमा गर्नुपर्ने सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।
नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द पोख्रेलले शिक्षकहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले शिक्षक विधार्थीको भविष्य निर्माणकर्ता भएकाले शिक्षक आफै एक सक्षम शिक्षकका रुपमा स्थापित हुनुपर्ने बताए । यसरी शिक्षकलाई सक्षम र समृद्ध बनाउन यस सहकारीले भूमिका निर्वाह गर्ने उनको दाबी छ । उनले यस सहकारीमा सबै शिक्षकहरुलाई आबद्ध हुन आह्वान समेत गरे ।


सचिव भरतराज न्यौपानेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा सहकारीका शेयर सदस्य र सहकारीले आयोजना गरेको निबन्ध प्रतियोगिताका विजेताहरुलाई सम्मान गरिएको थियो । १७ गते सम्पन्न निवन्ध प्रतियोगितामा ज्ञानपुञ्ज बोडिङ्ग स्कुलका छात्र रोशन गिरी प्रथम, जन ज्योति माध्यमिक विद्यालय कि छात्रा दिपा गिरी द्धितिय, एभरग्रिन ई. बोडिङ्ग स्कुल बरवाकी छात्रा मनिषा गुप्ता तृतीय भएका थिए ।


प्रकाशित : २०७९ पुष २३, शनिबार २२:०९