पत्रकार आचार्यलाई उपचार सहयोग हस्तान्तरण

[sharethis-inline-buttons]

लुदस, जितपुर
नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्य एवं पुर्व केन्द्रिय पार्सद शितल आचार्यको उपचारार्थ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु र विभिन्न संचारकर्मीको तर्फबाट संकलित रकम आज उहाँको निवासमा पुगेर महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्य र निवर्तमान अध्यक्ष डिलाराम भुषालले आचार्यलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । लामो समयदेखि ब्रेन ट्यूमरबाट ग्रसित आचार्य भारतको लखनउमा रहेको अस्पतालमा उपचार गराउदै आउनुभएको छ । उहाँको निवास बुद्धभुमी २ गोरुसिंगेमा पुगेका महासंघका सचिव जानु पाण्डे, कोषाध्यक्ष मोहन बेल्वासे, रेडियो बाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल समेतले आचार्यको स्वास्थ्यलाभको कामना गर्दै सहयोगका लागि सवैलाई अपिल समेत गरेका हुन् ।


प्रकाशित : २०७९ माघ १२, बिहीबार २१:३५