७ प्यानलका वावजुद मनकामना सामुदायिक वनको अध्यक्षमा मुक्त कार्की विजयी

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
मनकामना सामुदायिक वन उपभोक्ता समूह वाणगंगा १, २ को अध्यक्षमा मुक्त बहादुर कार्की विजयी हुनुभएकाे छ । वनको चाैथाे अधिवेशन अन्तर्गत ७ प्यानलको प्रतिस्पर्धामा भएकाे चुनावमा ४ जना अध्यक्ष पदका उम्मेद्वारलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्किले अध्यक्ष पदका निकटतम प्रधिस्पर्धी चुरामणि अर्याललाई ७१ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।


शनिवार भएको चुनावमा ५ जना अध्यक्ष पदका उम्मेद्वार रहेका थिए । अध्यक्ष पदमा चुरामणि अर्याल, हिमलाल पाैडेल, कमल घिमिरे, मधु शर्मा पाैडेलले उम्मेद्वारी दिनुभएकाे थियाे ।
विजयी कार्कीलाई नेकपा एमालेले समर्थन गरेको थियो ।


प्रकाशित : २०७९ माघ १५, आईतवार ०८:३०