प्रगति ४ मौजा सिचाई आयोजना उद्घाटन : किसान हर्ष न विस्मात

[sharethis-inline-buttons]

मोहन बेल्वासे
८ सय हेक्टर खेतियोग्य जमिन सिंचाई गर्ने उदेश्यले बाणगंगा नदिमा निर्माणधिन बाँधको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
बाणगंगा ५ र ६ सिंचित हुने उदेश्यले करिव २०७३ सालमा सम्झौता भई काम अगाडी बढ्ेको सिचाई योजना पुरा भएपछी प्रदेश सांसद विष्णु पंन्थीले उद्घाटन गरेका हुन् । पुर्व पश्चिम राजमार्गको बाणगंगा पुलदेखि करिव १ किलोमिटर तल बाणगंगा नदि बाँध क्षेत्र मै आयोजना गरिएको कार्यक्रममा किसानहरुले नदि जन्य पदार्थको व्यापक चोरीका कारण बाध बनेपनी मनदेखि नै खुसि हुने अवस्था नरहेको बताएका थिए । बाणगंगा ६ का पुर्व वडा सदस्य वेचु थारुले भर्ने २० वर्षदेखि स्याउलाले बाँध बन्दै कुलो बनाउदै सिंचाई गरि खेति गर्दै आएका हामी बाध त पक्कि बन्यो उहिले बाढीको डर अहिले खोला चोरको यो नियन्त्रण गर्न सांसद र नगर प्रमुखलाई माग गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद पंन्थीले मन्तव्य व्यक्त गर्दै धेरै सरकारी आयोजनाहरु स्थानियको संरक्षण नहुदाँ अलपत्र परेको भन्दै यसको द्धिर्घकालिन विकास र प्रयोगका लागि चुरे क्षेत्रमा बाध बान्ने र वर्षातमा पानी जम्मा गर्ने हिउद सम्म सिंचाई गर्ने योजना प्रदेश सरकारको भएको हुदाँ त्यो आयोजना भएमा सिंचाईका साथै खानेपानी को समस्या समेत समाधान हुने बताए ।

उनले नदिजन्य चोरी नियन्त्रणका लागि नगर प्रमुखको ध्यानाकर्षण गराउदै त्यस कार्यमा स्थानियको समेत चासो हुनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले नगरबाट पुर्वाधारका काम धेरै भएपनी सिंचाई आयोजना कम भएको भन्दै यो सिंचाई आयोजना नगरमा नगरले समेत चासो व्यक्त गरेको बताए । अर्का विशिष्ट अतिथि संविधान सभा सांसद विश्राम प्रसाद थारुले बाध निर्माणले किसानलाई राहत पुगेको भएतापनी बजेट अभावले पुर्णता नपाएको भन्दै आगामी दिनमा नहरको काम र अधुरा योजना पुरा गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

 

 

सिंचाई समितिका अध्यक्ष ससि सापकोटाले ११ करोड बढी आयोजनामा खर्च भई नहर र बाध निर्माण कार्य सम्पन्न हुदाँ ५ सय १२ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएको तर चोरीको समस्याले बाधमा क्षेती पुग्ने चिन्ता ले किसानलाई हर्ष न विस्मातको अवस्था रहेको बताएका थिए । उनले चोरी नियन्त्रणका लागि विगतमा ज्यान नै जोखिममा पारेर पनी प्रयास गरेको तर अझै नियन्त्रण नभएको बताएका थिए । चोरी हुने स्थानमै गरिएको कार्यक्रममा किसान अगुवाहरुले कार्यक्रम गरिरहदा खोलामा स्टेजबाटै चोरी भएका ठुल ठुला खाल्डा देख्न सकिन्थ्यो यस कार्यले सरोकारवालहरुलाई चुनौति थपेको छ ।
सो क्षेत्रमा बाह्मास चोरी हुने गरेको स्थानियहरुको भनाई छ ।


प्रकाशित : २०७९ माघ २४, मंगलवार १७:३९