
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा वडा न. ३ मा रहेको राजापानी सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा सिता देवी पौडेल निर्विरोध निर्वाचीत भएकी छन् । वनको १९ औं बार्षिक साधारण सभा तथा ९औँ अधिवेसन बाट पौडेल निर्विरोध निर्वाचीत भएकी हुन् । पौडेलको नेतृत्वमा १७ सदस्यीय कार्य समिति चयन भएको छ । चार सदस्य चयनको प्रक्रियामा रहेका छन् ।
जसको उपाध्यक्षमा कुल बहादुर सोमै, सचिवमा दिनानाथ पाण्डे, सह–सचिवमा धनराज झेडि मगर, कोषध्यक्षमा सन्तराम रौतार, निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा राजापानि मौजाबाट विष्णु मणि ज्ञवालि, गंगौलि मौजाबाट पोष्टराज अर्याल, हथौसा मौजाबाट कमला थारु, हरिहरपुर मौजाबाट रुपा नेपाली, तिल्कन्हा मौजाबाट लक्ष्मी थारु, चम्कीपुर मौजाबाट नोखिया थरुनी, ठाकुरापुर मौजाबाट डिलाकुमारी शर्मा, गजेहडा मौजाबाट कर्ण बहादुर कुवंर निर्वाचीत भएका छन् । त्यस्तै धनकौलि झुगाँबाट गंगा अर्याल, कुबेरासु बाट सेरबहादुर मल्ल, धनकैलि बाट रम्भा रौतार, कर्महना बाट गिरी प्रसाद खनाल निर्वाचित भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा विष्णु प्रसाद अर्याल, सदस्यहरुमा गिता थापा, हरिद्धार प्रसाद चैधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद भट्टराईले बताए ।
निर्वाचन पछि निर्वाचन अधिकृत कृष्ण प्रसाद भट्टराईले कार्य समितीका पदाधिकारी, लेखा समितीका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।
९ औँ अधिवेशनका लागि कृष्ण प्रसाद भट्टराइको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो । जसको सदस्यमा यमलाल आचार्य, दोलख बहादुर पछाई, योगनाथ सुनार तथा सुनिता गभुर्जा रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सामुदायिक वनलाई विकास निर्माणसंगै उपभोक्ताहरुको रोजगारी र जिविकोपार्जनसंग जोड्न आवश्यक रहेको बताउनुभयो । अर्यालले सामुदायिक वनले कार्ययोजना निर्माण गर्दा स्थानीय सरकार र डिविजन वन कार्यालयसंग समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।
वनको ऐनमा सामुदायिक वनको आम्दानीको १० प्रतिशत स्थानीय सरकारको कोषमा जम्मा गर्नुपर्ने उल्लेख गरे पनि व्यवहारमा त्यस्तो लागु नभएको बताउनुभयो । नगरपालिकाले राजापानी सामुदायिक वनको पर्यापर्यटन प्रवद्र्धनका लागि विगतका वर्षमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

