ज्ञानपुञ्जकी ग्रिष्मा बनिन् ११ औं कपिलवस्तु डान्स आईडल

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
११ औं कपिलवस्तु डान्स आईडलको उपाधि ज्ञानपुञ्ज ईङ्गलिीश बोर्डिङ्ग स्कुलकी छात्रा ग्रिष्मा गाहाले जितेकी छन् । उपाधि हात पारेसंगै उनले १ लाख ११ हजार १ सय ११ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेकी छिन् ।

उपाधि हात पारेसंगै स्कुलका प्रिन्सिपल सुरेन्द्र पाण्डेले यस अवसरमा बिशेष भुमिका निर्बाह गर्नुहुने नृत्य शिक्षक रीया सेन, निर्णायक ज्युहरु , आयोजक कपिलवस्तु उधोग बाणिज्य संघ, सम्पुर्ण ज्ञानपुन्ज बिद्यालय परिवार र अमुल्य मत दिनुहुने तपाई सम्पुर्ण दर्शक प्रती विशेष आभार सहित धन्यबाद व्यक्त गर्नुभएको छ ।

यस्तै द्धितीय प्रतिमा सारु मगर, तीतृय जस्मिन चौधरी, सन्तवना स्थान विपना परियारले हात पारेकी छिन् भने सोनु परियार पाचौं भएका छन् ।

फाईनलमा प्रतिस्पर्धा गरेका उनीहरुले नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका आईडल संयोजक विरेन्द्र खाँणले बताए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुर स्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि सुरु भएको थियो।

कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको समापन भएको हो ।


प्रकाशित : २०७९ फाल्गुन १, सोमबार ११:५४