तिलोत्तमा ११ को भुल्के मा वि मा ४ कोठे भवनको शिलन्यास

[sharethis-inline-buttons]

रुपन्देहीको तिलोत्तमा ११ भुपु सैनिकमा रहेको भुल्के मा वि मा ४ कोठे भवनको आज एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ । रुपन्देहीको तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले विद्यालय भवनको शिलन्यास गर्नु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं.११ भुपु सैनिकमा अवस्थित भुल्के माविमा संघिय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको ४ कोठे भवनको नगर प्रमुख खाँणले शिलन्यास गर्नु भएको हो ।

विद्यालय ब्यवस्थापन समिति जेष्ठ सदस्य झम्सरा छन्तेलको अध्यक्षतामा भएको कार्यक्रममा मेयर खाँणले मानिसको जिवनमा शिक्षा नै महत्वपूर्ण भएको हुँदा शिक्षालाई बढावा दिन नगरपालिकाले दिवा खाजामा विद्यार्थी आकर्षण बढाउन १० रुपैयाँ थप गरिएको बताउनु भयो । वहाँले सामुदायिक विद्यालयमा चन्दादाताहरुको अहम भुमिका रहेकोले विद्यालय मर्ज गर्ने विषयमा स्थानिय जनप्रतिनिधी, चन्दादाता तथा समाजसेवीहरुलाई उक्त अधिकार रहेको भन्दै नगर सरकार यस्मा हस्तक्षेप नगर्ने प्रतिबद्धता ब्याक्त गर्नु भयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा ११ का वडा अध्यक्ष विष्णु बराल क्षेत्रीले सरकारले धनीले अर्कै र गरिबले अर्कै विद्यालय जान बाध्य बनाएको हुँदा तिलोत्तमा सरकारले जनप्रतिनिधीका नानीबाबुलाई सामुदायिक विद्यालयमा पढाउने निति बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा संघिय सरकारको ४५ लाख र विद्यालयको ८ लाख ९ हजार ६ सय ४२ रुपैयाँे लागत सहभागिता गरी जम्मा ५३ लाख २ हजार ६ सय ४२ रुपैयाँमा बन्न लागेको भवन विद्यालय ब्यवस्थापन समितिले गर्ने विद्यालयकी प्रधानाध्यापक दुर्गा सापकोटाले जानकारी दिनु भयो ।

विद्यालय ब्यवस्थापन समिति सदस्य प्रेम बहादुर कनौजेको स्वागत तथा शिक्षक गणेश न्यौपानेको संचालनमा भएको कार्यक्रममा पूर्व अध्यक्ष नगेन्द्र पुन, समाजसेवी तेज बहादुर कुँवर क्षेत्री, वेल प्रसाद शर्मा, पूर्व शिक्षक तेज नारायण अर्याल लगायत बोल्नु भएको थियो ।

लेखक ः बबिता खनाल


प्रकाशित : २०७९ फाल्गुन ५, शुक्रबार १६:२८