शिवको महिमा शिव मन्दिरमा जल चढाउनेको घुईचो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जितपुर

आज शिवरात्रिका अवसरमा पूजा आराधनाका कपिलवस्तुका विभिन्न शिवपिठ, शिवालयहरुमा भक्तजनहरूको भीड लागेको छ । बिहानैबाट भक्तजनहरु जिल्लाको कपिलवस्तु नगरपालिका तौलिहवामा रहेको तौलेश्वर शिव मन्दिर ,शिवराज नगरपालिका मा रहेको शिवगढी मन्दिर , बाणगंगाको लक्ष्मणघाट लगाएतका प्रशिद्ध स्थल तथा अन्य पालिकाहरुमा रहेका शिव मन्दिरहरुमा समेत पूजा गर्नका लागि लामबद्ध भएर बसेका छन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

लक्ष्मणघाट विकास समिति ले पूजा आराधनाका लागि पुग्नुभएका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ । बिहानै देखि भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएका थिए । आज देशभरका शिवालय, मन्दिर महादेव लगायतका शिवालयमा भक्तजनको भीड रहेको छ ।

 


प्रकाशित : २०७९ फाल्गुन ६, शनिबार १४:०४