बनको संरक्षण बिना मानव जिवनको कल्पना गर्न नसकिने एक कार्यक्रमको ः जोड

[sharethis-inline-buttons]

प्रकाश गौतम

बनको संरक्षण बिना मानव जिवनको कल्पना गर्न नसकिने एक कार्यक्रमका बत्ताहरुले बताएका छन । आज डिभिजन बन कार्यालय रुपन्देहीको आयोजनामा देवदहको बुद्ध सामुदायीक बनको सभाहलमा आयोजित बन सगं सेलिब्रटी कार्यक्रममा बोल्दै बत्ताहरुले सो बिषयमका जोड दिएका हुन ।

कार्यक्रमलाई स्मबोधन गर्दै देवदह नगरपालिकाका प्रमुख धुब्र खरेलले बन बिकाशमा नगरको भुमिका रहने दावि गर्नु भयो । उहांले बन र मानवको सम्बन्ध जन्म देखी मृत्यु सम्म जोडिने भन्दै अझै यो बिषयमा शिक्षा आवस्यक रहेको बताउनु भयो । कार्यक्रममा डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख प्रभात साकोटाले बन प्रति समुदायको चासो बढदै गएको भन्दै समय र बन निति अनुसार बनमा परिर्बतन आवस्यक रहेको दाबि गर्नु भयो । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रबत्ता गणेश डुम्रे तथा गाउं बन सन्जालका अध्यक्ष खेम नारायण अधिकारीले बन रहेमात्र जिवनको कल्पना गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा शिवालय सामुदायीक बनका अध्यक्ष रामचन्द्र पौडेल , लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतम, कलाकार धुब्र घिमिरे , लगायतले बोल्नु भएको थियो । डिभिजन बन कार्यालय रुपन्देहीका सहायक बन अधिकृत जय प्रकाश गुप्ताको अध्यक्षता , सव डिभिजन बन कार्यालय सित्तलनगरका प्रमुख चन्द्र भाटको स्वागत र सव डिभिजन बन कार्यालय तिलोत्तमाका प्रमुख सुर्य मैनालीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बिभिन्न सास्कृतीक कार्यक्रम तथा कलाकार पुर्खे बा को टीमले बन समन्धी नाटक प्रस्तुत गर्नु भएको थियो ।


प्रकाशित : २०७९ फाल्गुन ८, सोमबार १७:२३