तिलोत्तमा १० मा उद्घोषण तथा नेतृत्व बिकाश तालीम सुरु

[sharethis-inline-buttons]

प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा १० मा वडाका महिलाहरुका लागी आज देखी ५ दिने उद्घोषण तथा नेतृत्व बिकाश तालीम सुरु भएको छ । वडा न १० का वडा अध्यक्ष गोपाल घिमिरेको अध्यक्षतामा तथा वडा सचिव कृष्ण खातीको सन्चालनमा तालीम सुरु भएको हो ।

। कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालीकाका वडा न १० का वडा अध्यक्ष गोपाल घिमिरले नगरको बिकाशको लागी सबै शिक्षित र सिपयुक्त हुनुपर्ने भन्दै नगरपालिका भैतिक बिकाश सगैं मानबिय बिकाशमा लागेको बताउनु भयो । कार्यक्रममा बोल्दै तिलोत्तमा १० वडा सदस्य वालकृष्ण लम्सालले यो समाज बोल्नेहरुकै कब्जामा रहको भन्दै यो तालिमले समाजको बिकाशमा महत्वपुर्ण भुमिका खेल्ने दाबि गर्नु भयो ।

वडाका ३५ जना महिलाहरुको सहभागीता रहेको तालीमको लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गर्नु भएको छ ।


प्रकाशित : २०७९ फाल्गुन ११, बिहीबार १८:११