जुवाखाल चलाउन हथौसा मेला अवधी थपियो ..

[sharethis-inline-buttons]

.
लुदस, जितपुर
प्रम्परागत हथौसा मेलालाई पछिल्लो समय जुवा खालको अखडा बनाईएको छ । जसका लागि आयोजकले निर्धारण गरेको मेला अवधी थपिने जनाईएको छ ।
कपिलवस्तुको बाणगंगा ११ हथौसामा हरेक वर्ष शिवरात्रीको अवसरमा लाग्दै आएको मेला विगतमा १ हप्ता लाग्ने गर्दथ्यो यसवर्ष पनी आयोजक हथौसा मा.वि ले स्थानिय युवाहरुलाई ठेक्कामा मेला चलाउन सहमती दिएको बुझिएको छ ।
धार्मिक हिसावले महत्वपुणर् मानिदै आएको सो मेलामा विकृति मौलाएको प्रति स्थानियले चिन्ता व्यक्त समेत गरेका छन् ।
आज समापन गर्ने भनिएको मेला भोली शनिवार भएको र सार्वजनिक विदा रहेको तर्क गर्दै सुरक्षालाई समेत वास्ता नगरि गर्दै अवधी बढाएको हो ।
यस विषयमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकर प्रसाद आचार्यले आफुलाई थाहा नभएको र आफुखुसी अवधी बढाउन नपाईने भन्दै तत्काल रोक लगाउने बताए । यता सुरक्षामा खटिएका ईलाका प्रहरी कार्यालयका सुरक्षा टोलीलाई समेत जुवा खालमा मिलेमत्तो गरेको आरोप लागेको छ ।
यस विषयमा ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपक बाबु के.सीले केही जुवाडेलाई नियन्त्रणमा लिएर छाडेको र प्रहरीले कडाई गरिरहेको बताए । उनले हथौसा मेलामा जुवा एतिहासिक रुपमा खेल्दै आएको भन्दै रोक्न समस्या भएको बताए ।

हेमराज मा.वि.का प्रध्यानाध्यापक तुलसीराम यादव दिनहु जुवाखालमा रमिते बन्ने गरेका छन् ।


प्रकाशित : २०७९ फाल्गुन १२, शुक्रबार १९:४८