रुपन्देहीको तिलोत्तमा ११ रामनगरमा आज देखी खुल्ला नकआउट भलिवल प्रतियोगीता सुरु

[sharethis-inline-buttons]

प्रकाश गौतम

रुपन्देहीको तिलोत्तमा ११ रामनगरमा आज देखी खुल्ला नकआउट भलिवल प्रतियोगीता सुरु भएको छ ।

रामनगरमा युवा क्लव तथा रामनगर मृगौली टोल बिकाश संस्थाको आयोजनामा आज बाट भलिवल प्रतियोगीता सुरुभएको हो । रामनगर मृगौली टोल बिकाश संस्था रामनगरका अध्यक्ष कृष्ण यादवको अध्यक्षता तथा सुवास गिरि र राजेश गीरीको सन्चालनमा कार्यक्रम भएको हो । कार्यक्रममा तिलोत्तमा ११ का वडा अध्यक्ष बिष्णु बरालले खेलको माध्यम बाट वडालाई चिनाउने बताउनु भयो ।

उहाले तिलोत्तमामा वडा न ११ लाई खेल क्षेत्रको हव बनाउने बताउदै बिकाश सगै खेल र अरुक्षेत्रमा पनि अगाडि बढने दाबि गर्नु भयो । खुल्ला नकआउट भलिवल प्रतियोगीतामा बिजयी समुहले नगद २० हजार प्राप्त गर्नेछ । भने उप बिजेता समुहले रु १० हजार सहित सिल्ड र प्रमाणपत्र पाप्त गर्ने छ ।


प्रकाशित : २०७९ फाल्गुन १३, शनिबार १८:३०