सगरहवा तिलौरी नाकामा नक्कली रसिद प्रयोग गरि ठेकदारको ब्रम्हलुट

[sharethis-inline-buttons]

लुम्बिनी दर्पण संवाददाता

कपिलवस्तु नगरपालिकाले चालु आ.ब.को लागि नगरपालिका अन्र्तरगतको सगरहवा देखि तिलौरीघाट सम्मको ठेक्कामा ठेकेदारले बम्रलुट मच्याएका छन् । सिंह कन्ष्ट्रक्सन को नाममा रहेको सो नदिमा निकासीमा ठेकेदारले तोकेको मौज्दात लुकाउन राजश्व समेतमा लुट मच्याएको छ ।

ठेकेदारले ठेलीका ठेली नक्कली रसिद प्रयोग गरि मापदण्ड छलि मात्र होईन राजश्व समेत छलि गर्दै आएको छ । नगरले तोकेको ४६ हजार ९ सय घनमिटर नदिजन्य पदार्थ निकासीका लागि वेल नदिको सिमाना देखि रामघाट पुलको ५ सय मिटर माथि सम्म १ करोड ५९ लाख ३३ हजार मा ठेक्का लिएको थियो ।


यसमा नजिका सप्लायर्स र वालुवा प्रशोधन केन्द्रको समेत लगानी देखिन्छ जसबाट यि विक्रि केन्द्र सप्लासर्य पिच्चे एउटै नं का नक्कली रसिदको कारोबार भैरहेको देखिन्छ ।
त्यस क्षेत्रमा सवैभन्दा अगाडी ठेक्का लगाएको नाका भएको हुदाँ सो नाकामा शुरुमा ट्रयाक्टरहरुको चाप एकदमै तिब्र रहेको थियो । दैनिकजसो करिव ७ सय देखि ११ सय सम्म ट्रयाक्टरको चाप रहेको र एउटा ट्रयाक्टरले थोरैमा ७ देखि १५ ट्रिप समेत गर्ने गरेको स्वयम ट्रक्टर चालक बताउछन् । सो स्थानबाट ४६ हजार ९ सय घनमिटर निकासी गर्न पाउने गरि नगरपालिकाले ठेक्का लगाएको थियो । सोहि परिमाणलाई स्वीकार गर्दै ठेकेदारहरुले दोब्बर बढि रकम तिरेर ठेक्का कबोल गरेका थिए ।

वालुवा प्रशोधन उद्योग तथा नजिकका सप्लायर्सहरुका संचालकहरुले आफुहरुले रोयल्टी रसिद काटेर खरिद गरि नदीजन्य पर्दाथ संकलन, प्रशोधन र उत्पादन गरेको बताउछन् ।
यता अर्को तर्फ खुकुलो निति तथा प्रक्रियाको फाइदा उठाउदै जगदिशपुर ताल वरपर र तिलौराकोट क्षेत्र आसपासमा करिव ३ दर्जन भन्दा बढि नदीजन्य पर्दाथ विक्री केन्द्र तथा प्रशोधन उद्योग संचालनमा रहेका छन् । केही समय अगाडी क्रेशर उद्योग बन्द रहदा ति सप्लायर्सहरुमा रहेको स्टक खाली भएको थियो । तोकिएको भन्दा बढी नदिजन्य पदार्थ सगरहवा देखि तिलौरीघाट नाकाबाट निकासी भई सकेको स्थानिहरु बताउछन् ।


ठेक्का सम्झौतामा तोकिएको परिमाण सकिएपनि ठेकेदारले स्टक जोगाउन नक्कली बिल प्रयोग गरिरहेको प्रमाणित भइसकेको छ । ठेकेदार सिंह कन्ष्ट्रसनले नक्कली बिल प्रयोग गरि राजश्व तथा स्टक दुबै चोरी गरिरहेका छन् । जिल्लाका अधिकांश नाकामा नक्कली बिल प्रयोग गरि स्टक जोगाउने अवैध कार्य जारी रहेको भन्दै तत्काल ठेक्कामा उचित छानविन गर्न सरोकारवालाले नगरपालिका संग आग्रह गरेका छन् । यसरी नदिजन्य पदार्थको चरम दोहनले स्थानिय आजित बनेका छन् । स्थानियबासीले ठेक्का तत्काल रोक्न माग गर्दै आक्रोशित भएका हुन । उनिहरुले नगरका जिम्मेवार व्यक्तिहरुकै मिलेमत्तोमा ठेक्कामा मनपरि बढ्ेको समेत आरोप लगाएका थिए ।

स्थानियबासीले नदिको बम्रलुट, कोलाहल र खेतियोग्य जमिनमा समेत धुलोधुवा प्रदुषण र खानेपानीको नलहरु सुक्न थालेको भन्दै बरु विकास नचाहिने तर यो तत्कल रोक्नुपर्ने आवाज उठाएका थिए । शनिवार तिलौरी नाकामा नाकामा नक्कली विल फेला पारी स्थानियबासीले वडाध्यक्षको रहोवरमा प्रहरी मा बुझाएका थिए ।

 

वडाध्यक्ष रामजित कुर्मीले नक्कली ठेली स्थानियले बुझाएको स्वीकार गर्दै एउटा मात्र सक्कली रहेको बाँकी सवै ५/७ वटा नक्कली रसिद रहेको लुम्बिनी दर्पणलाई बताए । उनले यो विषय नगरमा जानकारी गराएको र ठेकेदार सँग स्पष्टिकरण लिई कार्वाही प्रकृयामा जानुपर्ने बताए ।

यता कपिलवस्तु नगरपालिका वडा नं ६ का वेदनाथ आचार्य, अनिल क्षेत्री लगाएतले तत्काल नगरले कदम नचाले आफु अदालती प्रकृयामा जाने बताउदै नगरपालिकामा ध्यानाकर्षण पत्रका साथै जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयमा बोद्धार्थ पठाएको बताए ।


राजनितिक दल, नागरिक समाज, उपभोक्ता हक हित संरक्षण मञ्चले पनि यस विषयमा आवश्यक कदम चाल्न जरुरी छ । नगरपालिका र जिल्ला अनुगमन समन्वय समिति कपिलवस्तुले यसबारे तथ्यपूणर् अनुगमन तथा अनुसन्धान गरि प्रतिवेदन तयार पारि ठेक्का बन्द गराउन र ग्रैहकानुनी कार्य गर्ने ठेकेदारलाई कार्वाहि गर्ने तर्फ कहिले ध्यान जाला ? त्यो भने हेर्न बाँकी नै छ ।


प्रकाशित : २०७९ फाल्गुन १४, आईतवार १७:२९