
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा ९ मा टोल बिकाश संस्था र आमा समुहका लागी आज देखी ३ दिने उद्घोषण तथा नेतृत्व बिकाश तालीम सुरु भएको छ । वडा न ९ का वडा अध्यक्ष धुब्र न्यौपानेको अध्यक्षता तथा वडा सचिव माया र्गैह्रेको सन्चालनमा तालीम सुरु भएको हो ।
। कार्यक्रमलाई सम्बोधन गर्दै वडा न ९ का वडा अध्यक्ष धुब्र न्यौपानेले यो समाज बोल्नेहरुकै कब्जामा रहको भन्दै यो तालिमले समाजको बिकाशमा महत्वपुर्ण भुमिका खेल्ने दाबि गर्नु भयो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाका सामाजिक साखाका प्रमुख अल्पा घिमिरेले नगरको बिकाशको लागी सबै शिक्षित र सिपयुक्त हुनुपर्ने भन्दै नगरपालिका भैतिक बिकाश सगैं मानबिय बिकाशमा लागेको बताउनु भयो ।
वडा न ९ का वडा वडा सदस्य कमल शर्माको स्वागतमा सुरु भएको तालीमको लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गर्नु भएको छ ।