लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिंदै बाणगंगाको ७ नम्बर वडा : १७ सयलाई हजारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
नयाँ नयाँ योजना र वडावासीको माग अनुसार अगाडि बढेको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ ले अर्को महत्वपुर्ण योजना अगाडि सारेको छ । वडाले वडाका हरेक घरमा फुलबारी र करेसाबारी निर्माण गर्ने उद्देश्य सहित नागरिकहरुलाई एक एक थान हजारी बितरण गरेको छ । वडाको एक घर एक हजारी कार्यक्रम अन्र्तगत वडाका १७ सय परिवारलाई हजारी वितरण गरेको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो ।

वडाको सुन्दरीकरणसँगै कृषकहरुलाई करेसाबारीमा सक्रिय बनाउन वडाको चालु आर्थिक वर्षको लक्षित वर्गको कार्यक्रम अन्र्तगत कृषकहरुलाई हजारी वितरण गरिएको हो । आइतबार वडा कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमबा बिच वडाका ८ सय कृषकहरुलाई हजारी वितरण गरिएको वडा अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ७ ले गत आर्थिक वर्षमा ९ सय कृषकहरुलाई वितरण गरीएको थियो । दुई आर्थिक वर्षमा गरी वडाका १७ सय नागरिकहरुलाई हजारी वितरण गरिएको वडा अध्यक्ष गिरीले बताउनु भयो ।

वडा अध्यक्ष गिरीले वडा नम्बर ७ का हरेक नागरिकहरुलाई घरमा अनिवार्य फुलबारी र करेसाबारी निर्माण गर्नुपर्ने बताउनुभयो । गिरीले सडक, नाली जस्ता भौतिक विकास निर्माणले मात्र समृद्ध वडा नहुने भएकाले वडावासीलाई प्रत्यक्ष रुपमा टेवा पुग्ने खालका लक्षित वर्गका कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । वडा कार्यालय सबैको साझा सरकार भएकाले वडाका सबै नागरिकलाई समावेश गर्नु आफ्नो दायित्व रहेको बताउनुभयो ।

यस भन्दा अघिको कार्यकालमा पनि विष्णु गिरीको नेतृत्वमा रहेको ७ नम्बर वडा ५ बर्ष नै नगरमै योजना पुरा गर्नेमा पहिलो वडा हुंदै आएको छ ।

कार्यक्रममा वडा अध्यक्ष विष्णु गिरीको अध्यक्षता सहित वडाका सबै जनप्रतिनिधि र टोलविकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । वडा सचिव सन्तोष कुमार बैठाको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ फाल्गुन १५, सोमबार १६:५२