ट्राफिक सकृयताले स्थानियमा राहत

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कोपवा

ट्राफिक सकृयताले बढ्न थालेपछी त्यस भेगका स्थानियले सुरक्षाको महशुस गर्न थालेका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका जोड्ने बनगाई तिलौराकोट सड्क खण्ड अन्र्तरगतका ठाउँ ठाउँमा चेकिङ्ग हुन् थालेपछी सो क्षेत्रमा चालकहरु समेत सचेत हुन् थालेका हुन् ।

खाँसगरि नदिजन्य पदार्थ लिएर हिड्ने अधिकांस ट्याक्टर चालकहरु विना लाईसेन्सका सिकारु चालक हुने र दुर्घटनाको जोखिम वर्षेनी हुने गरेको थियो । यसवर्ष पनी नदिजन्य पदार्थ निकासी खुलेसंगै अनियन्त्रित ढंगबाट नदिजन्य पदार्थ बोक्ने सवारी हाक्ने र सो क्षेत्रमा बनगाई देखि तौलिहवा सम्म कुनै सुरक्षा पोष्ट नहुदा तस्करी लागु औषध ओसारपसार समेत हुनसक्ने सम्भावना बढ्दै गएको थियो । विगतमा नदिजन्य पदार्थ ओसार पसार गर्ने ट्याक्टरको ठक्करबाट ३ जना घाईते भएका थिए भने किसानले पालेका दर्जनौ खसिबोका दिउसै चोरी भएका थिए ।
ट्राफिकको नियमित चेकिङ्ग हुनुपर्ने स्थानियले माग गरेका छन् ।
सवारी साधनको अनियन्त्रित गतिले विद्यालयमा अध्यनरत वाल वालिका जोखिममा पर्ने गरेको स्थानिय शिक्षक ईश्वरी आचार्यले बताए । चेकिङ्ग संगै चालकहरुलाई सचेत समेत गराईएको र अधिकांस लाइसेन्स नबोक्नेहरुलाई जरिवाना समेत गरिएको त्यस क्षेत्रमा खटिएका ट्राफिक प्रहरीका हवल्दार हरि बहादुर वि.सी ले बताए ।


प्रकाशित : २०७९ फाल्गुन १६, मंगलवार १०:३७