जनकराज पौडेल
बाणगंगा बहुमुखि क्याम्पस लौगाई मा स्नातक तह तेस्रो वर्ष अध्यनरत विद्यार्थी र स्ववियू को संयुक्त आयोजनामा स्नातक तह चौथो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई एवं संम्मान गरेका छन् ।
विहिवार क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै क्याम्पसका स्ववियू सभापती माधव पौडेलले विद्यार्थीहरुको समुज्वल भविश्यको कामना गरेका थिए ।
क्यामपस प्रमुख डि.वि रेश्मीले बाणगंगा बहुमुखि क्याम्पस शैक्षिक जगतमा स्थापना कालदेखि नै जिल्लामा उत्कृष्ट हुदै आएको भन्दै विदाई हुने विद्यार्थीहरुले क्याम्पसमा महत्वपुणर् योगदान पुर्याएको भन्दै शैक्षिक यात्रामा निरन्तर अगाडी बढ्नुपर्ने शुभेक्षा प्रकट गरेका थिए । कार्यक्रम स्ववियू सभापती माधव पौडेलको अध्यक्षता मधु आचार्यको स्वागत र जनकराज पौडेलको संचालनमा संम्पन्न भएको थियो ।