
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा १० मा टोल बिकाश संस्था र आमा समुहका लागी आज देखी ५ दिने उद्घोषण तथा नेतृत्व बिकाश तालीम सुरु भएको छ । लुम्बिन मिडिया हव प्रा .ली को आयोजना तथा तिलोत्तमा १० को सहयोगमा तालिम सुरु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा न १० का वडा अध्यक्ष गोपाल घिमिरेले भैतिक बिकाशले मात्र नगरको बिकाश नहुने भन्दै आवस्यकताको आधारमा कार्यक्रम सन्चालन गरिरहेको दावि गर्नु भयो । उहाले समाज बोल्नेहरुकै कब्जामा रहको भन्दै यो तालिमले समाजको बिकाशमा महत्वपुर्ण भुमिका खेल्ने दाबि गर्नु भयो । कार्यक्रममा बोल्दै तिलोत्तमा तिलोत्तमा १० का सदस्य बालकृष्ण लम्सालले नगरको बिकाशको लागी सबै शिक्षित र सिपयुक्त हुनुपर्ने भन्दै वडा न १० भैतिक बिकाश सगैं मानबिय बिकाशमा लागेको बताउनु भयो । कार्यक्रममा सृजनसिल आमा समुहकी अध्यक्ष सिता पौडेल , लुम्बिनी मिडिया हवकी सदस्य अम्बीका खड्का लगायतले् बोल्नु भएको थियो ।
लुम्बिनी मिडिया हवका कार्यबहाक अध्यक्ष देव बहादुर थापाको अध्यक्षतामा सुरु भएको तालीमको लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गर्नु भएको छ ।